arrow

जीवन निर्वाह भत्ता र आर्थिक सहायता रकम बाड्ने क्रम जारी

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असार २१ मंगलबार
kabita.jpg.jpeg
 रोल्पा । जिल्ला प्रशासन कार्यालय रोल्पाबाट प्रदान गरिने जीवन निर्वाह भत्ता र टुहुराहरुका लागि आर्थिक सहायता रकम बाड्ने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । 
 
स्थानीय शान्ति समिति रोल्पाको आयोजनामा मंगलबार रोल्पाको लिबाङमा सम्पन्न आर्थिक वर्ष २०७२/०७३ को समीक्षा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै शर्माले सो कुराको जानकारी गराएका हुन् । शर्माका  अनुसार यस आवमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने जीवन निर्वाह भत्ता ७३ जनाले प्राप्त गरिसकेका छन् भने अब ४ जना बाँकी छन् । 
 
त्यसैगरी द्वन्द्वका क्रममा बाबुआमा गुमाएका टुहुरा बालबालिकालाई दिइने राहत रकम १ सय जनाले प्राप्त गरिकेका छन् अन्यकेही बालबालिका छुटेको हुन सक्ने भएको हुँदा प्रजिअ शर्माले १, २ दिनभित्र  राहत रकम लिनका लागि सरोकारवालाहरलाई जिल्ला प्रशासन कार्यालय रोल्पामा सम्पर्क गर्न अनुरोध गरेका हुन । 
 
कोहि नछुटुन् कोही नदोहोरिउन भन्ने मान्यताका साथ हामीले रेडियोबाट समेत सूचना प्रशारण गरिरहेका छौ । तर सम्वन्धीत ब्यक्तिले चासो नदिए हामीले के गर्ने शर्माले दुखेसो पोखे । विगतको द्वन्द्वलाई मेटाउन गरिएका कार्यक्रमहरुको समीक्षा कार्यक्रममा जिल्ला प्राविधिक कार्यालय रोल्पाका इन्जिनियर केदार शर्मा फुयाँलले कार्यालयबाट संचालित पूनः निर्माण तथा पुनस्थापन कार्यक्रम र शान्तिकालागि विकास कार्यक्रमका बारेमा जानकारी दिए  ।
 
शहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वरीराज जोशीले पुनः निर्माण तथा पुनस्थापन कार्यक्रम अन्तर्गत संचालित कार्यालय कम्प्लेक्स भवनका बारेमा जानकारी गराए । जिल्ला शिक्षा कार्यालय रोल्पाका निमित्त जिल्ला शिक्षा अधिकारी कृष्णचन्द्र पोख्रेलले द्वन्द्व प्रभावित बालबालिकाहरुका लागि प्रदान गरिने छात्रबृत्ती कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने महिला तथा बालबालिका कार्यालय रोल्पाका परियोजना अधिकृत इन्द्रा शाहीले सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिकाहरुको पूनः स्थापना एवम् पुनः एकिरण परियोजनाका बारेमा गराएकी थिइन् । 
 
यस आर्थिक वर्षमा स्थानीय शान्ति समित रोल्पाबाट भएका विभिन्न गतिविधिका बारेमा दिनेश सुवेदीले जानकारी गराए  । स्थानीय शान्ति समिति रोल्पाका सदस्य श्रीकुमारी रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समतिका सदस्य एवम् पूर्व संयोजक ऋषिराम रोकामगरले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ