arrow

एनसेलले भारत कल महशुलमा ३३ प्रतिशतले घटायो, कल अब १.९९ प्रति मिनेट मात्र

logo
प्रकाशित २०७३ असार २२ बुधबार
ncelllogo.jpg.jpeg
काठमाडौं। एनसेलका सबै ग्राहकले अब भारतमा अझ सुलभ शुल्कमा कुरा गर्न सक्नेछन्। देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले  घटाउँदै, आफ्ना ग्राहकका लागि ‘ईन्डिया कलिङ्’ योजना ल्याएको छ। यो योजना अन्र्तगत ग्राहकले अब कर बाहेक मात्र रु १.९९ प्रति मिनटेमा भारतमा कल गर्न सक्नेछन्। 
 
यस अघि भारतका लागि कल महशुल कर बाहेक रु २.९९ प्रति मिनटे थियो। ईन्डिया कलिङ योजना यहि बुधबार (असार २२, २०७३) बाट तीन महिनाका लागि लागु हुनेछ। यस योजना अन्तर्गत एनसेलका प्रिपेड र पोष्टपेड सबै ग्राहकले अब कर बाहेक फ्ल्याट मात्र रु १.९९ प्रति मिनेटमा भारतको कुनै पनि नेटवर्कमा कुरा गर्न सक्नेछन्।
 
ग्राहकले *१७१०७# डायल गरी यो योजनामा निशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्छन्। साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो योजना सुचारु गर्न सक्छन्।
 
भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका निमित्त बस्ने गरेका छन्। त्यसैगरी थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका छन् भने प्रत्येक वर्ष भ्रमण तथा तीर्थका लागि पनि नेपालीहरु भारत जाने गरेको छन्। “यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाई र  व्यावसायीक साझेदारहरुसँग अझ सुलभ शुल्कमा कल गरी सम्पर्कमा रहिरहन सहयोग पुर्याउने छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। 
 
यो योजना ग्राहकलाई सुलभ दरमा गुणस्तरिय सेवा प्रदान गर्ने एनसेलको प्रतिबद्घता अनुरुप ल्याइएको हो।  ग्राहकले आईभिआर नम्बर १७१०७ मा डायल गरेर निशुल्क रुपमा यो योजनाको बारेमा थप जानकारी लिन सक्छन् र प्राप्त जानकारी अनुसार योजनामा सहभागी हुन सक्छन्। 
 
योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ