arrow

बेपत्ता बालक अठार दिनपछि फेला

logo
प्रकाशित २०७३ असार २२ बुधबार
boy.JPG.jpeg
डोटी । डोटीको लडागडा गाविस–९ का एक बालक हराएको १८ दिनपछि कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा फेला परेका छन् । करिब १८ दिनअगाडि परिवारको सम्पर्कबाट बेपत्ता भएका बालक अत्तरियाको एक होटलमा मंगलबार फेला परेको बालकका बुबा पदमबहादुर साउदले जानकारी दिए । 
 
लडागडाको सुनादेवी उच्च माविमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय बालक हर्कबहादुर साउद विद्यालय पोसाकमा नै बेपत्ता भएका थिए । किन र कसरी घरबाट छोरा कैलालीको अत्तरिया होटेलमा पुगे भन्ने विषयमा आफू अनभिज्ञ रहेको बालकका बुबाले बताए । 
 
छोरा हराएको भनी चिन्तित बनेका साउदका परिवारले हर्कलाई खोज्न भरपुर मिहेनत गरे तापनि सफल नभएपछि समस्यामा परेका थिए । अत्तरियामा बसोबास गर्दै आएका पदमका भाइ पदम बोहराले हर्क हराएको सुनेका थिए । एक्कासि अत्तरियाको एक होटेलमा मङ्गलबार बिहान हर्कलाई भेटेपछि पदमले बालकका घरपरिवारलाई खबर गरेका थिए । 
 
दीपायलबाट कैलालीका लागि छुट्ने सवारीका साधनबाट आफू अत्तरिया पुगेको बालक हर्कले बताएका छन् । पछिल्लो समयमा सुदूरपश्चिममा बालक बेपत्ता हुने क्रम बढेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ