arrow

काँग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य जटिल, काँग्रेस नेताहरु ओम अस्पतालमा

logo
प्रकाशित २०७३ असार २२ बुधबार
final.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला गम्भीर विरामी परेपछि अहिले चावहिलस्थित ओम अस्पतालको आइसीयुमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । काँग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाका स्वकीय सचिव रहिसकेका डा. सशांकका सहयोगी अतुल कोइरालाका अनुसार उनको अवस्था गम्भीर छ । न्यून रक्तचाप भइ ओम अस्पतालमा मंगलबार भर्ना भए पनि  आज बिहानै भने बान्ता गरेपछि थप समस्या भएको हो । अहिले स्वासप्रश्वासमासमेत समस्या भएको छ । 
 
कोइरालाका स्वकीय सचिव भरत तिवारीले कोइरालाको गम्भीर अवस्थामा बिहान साँढे ५ बजे भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव तिवारीले बताए । उनले स्थिति खतरा नै रहे पनि केही सुधार देखिएको चिकित्सकलाई उधृत गर्दै हाम्राकुरालाई जानकारी गराए । 
 
 केही बेरमै चिकित्सकको टोलीलेसमेत डा. कोइरालाको स्वास्थ्यको बारेमा ब्रिफिङ गर्ने जनाएको अस्पताल स्थलबाट हाम्रा सहकर्मी अखिल सिटौलाले जानकारी दिएका छन् ।  
 
महामन्त्री कोइरालालाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महतलगायत सयौंको संख्यामा ओम अस्पतामा पुगिसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ