arrow

डा. कोइरालाको उपचारमा जस्तोसुकै कदम चाल्न प्रधानमन्त्री ओलीको निर्देशन (भिडियो)

logo
प्रकाशित २०७३ असार २२ बुधबार
image.jpeg.jpeg
काठमाडौं । मेसिनको सहायतामा गम्भीर अवस्थामा चावहिलको ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको उपचारमा जस्तोसुकै कदम चाल्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन् । डा. कोइराला उपचाररत चावहिलको ओम अस्पतालमा पुगेर प्रधानमन्त्री कोइरालाले चिकित्सकको टोलीलाई उपचारका लागि जस्तोसुकै कदम चाल्न निर्देशन दिएका हुन् ।  
 
वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा १५ जनाको विशेषज्ञ चिकित्सकको टोलीले डा कोइरालाको उपचार गरिरहेको छ । चिकित्सकको टोलीले तत्काल अन्त कतै लगेर उपचार सम्भव नभएको भन्दै ओम अस्पतालमै राखेर उपचार गर्नुपर्ने निष्कर्ष निकालेको छ । भारतको एपोलो अस्पतालमासमेत सल्लाह लिइसके पनि डा.कोइरालालाई भारतमा लैजानेबारे भने चिकित्सकहरु ढुक्क हुन सकेका छैनन् ।
 
विमानस्थलसम्म कोइरालालाई लैजान कठिन हुने भएकाले तत्काल यो सम्भव नभएको चिकित्सकले बताएका छन् । भेन्टिलेटरबाट निकाल्ने अवस्था नरहेकाले अहिले हतारिएर भारत लैजान नहुने निष्कर्षमा चिकित्सकको टोली पुगेको हो । एयर एम्बुलेन्स एयरपोर्टसमम्म आइपुगे पनि त्यहाँसम्म डा. कोइरालालाई लैजान जोखिम भएको चिकित्सकले बताएका छन् । १२ बजेपछि १५ जनाको टोली सबेर छलफल गरेरमात्र थप के गर्ने भनी निर्णय गरिने चिकित्सकले जनाएका छन् । 
 
उपचारमा उनकै श्रीमती डा। सुपात्रा कोइराला पनि सक्रिय भएकी छिन् । ओम अस्पतालमै कार्यरत डा। सुपात्राले निरन्तर डा। सशांकको निगरानी गरिरहेकी हुन् । डा. सुपात्राले भने यहाँ एकसे एक चिकित्सक भएकाले डा. कोइरालालाई विदेश लैजान नपर्ने प्रतिक्रिया दिएकी छिन् । 
 
न्यून रक्तचाप भइ ओम अस्पतालमा मंगलबार राति भर्ना भए पनि आज बिहानै भने बान्ता गरेपछि थप समस्या भएको हो । वान्ता स्वासप्रश्वास नलीमा गएपछि डा कोइरालाको स्वास्थ्यमा थप जटिल समस्या परेको हो । गम्भीर अवस्थाका काँग्रेस महामन्त्री कोइरालालाई एयर एम्बुलेन्समार्फत भारत लैजानेबारेसमेत नेताहरुबीच छलफल चलिरहेको छ । 
 
काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा रामशरण महतलगायत सयौंको संख्यामाओम अस्पतामा पुगेर डा.कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अहिले सयौं को संख्यामा काँग्रेस कार्यकर्ता र अरु दलका नेता पनि अस्पतालमा पुगिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ