arrow

विवादास्पद इस्तानबुल नहरको निर्माण सुरु, एर्दाेगनले गरे शिलान्यास

logo
एजेन्सी
प्रकाशित २०७८ असार १३ आइतबार
black sea.JPG

काठमाडौँ। वातावरणीय र आर्थिक प्रभावको विवादमा रहेको इस्तानबुल क्यानाल (इस्तानबुल नहर)परियोजना अघि बढाउन टर्कीका राष्ट्रपति रिसेप तैयप एर्देगनले कदम चालेका छन् ।

शनिवार इस्तानबुल क्यानाल रुटमा रहेको एक पुल उद्घाटन गर्दै उनले 'टर्कीको इतिहासमा नयाँ पृष्ठ खालेको' बताएका छन् । राष्ट्रपति एर्दाेगनले इस्तानबुल क्यानाल परियोजनाले इस्तानबुलको भविष्यलाई सुरक्षित बनाउने बताएका छन्।

टर्कीमा यसअघि 'बोसफोरस' क्यानाल रहेको छ । जसले 'ब्ल्याक सी' र 'सी अफ मारमारा'लाई जोड्छ। रुस, ब्ल्याकसी आसपासका देशहरू र टर्कीसँग र यी देशहरूले अन्य देशसँग व्यापार गर्नका लागि  बोसफोरस क्यानाल अत्यावश्यक रहेको छ ।

तर, बोसफोरस क्यानाल साँघुरो, निकै व्यस्त र जोखिमपूर्ण भएका कारण टर्कीले विगत एक दशकदेखि बाेसफाेरस क्यानालकाे पश्चिममा इस्तानबुल क्यानाल बनाउन खोजिरहेको छ ।

तर, भुर्गर्वविद्हरुले भने इस्तानबुल क्यानालको वातावरणीय जोखिम झनै बढी रहने बताउँदै आएका छन् । बोसफोरस क्यानालको पश्चिममा रहने इस्तानबुल क्यानाल बन्ने क्षेत्र भूकम्पका लागि सबैभन्दा बढी जोखिमपूर्ण रहेको छ ।

यस्तै यो क्षेत्र इस्तानबुलका लागि पानीको स्रोत हो । यस क्षेत्रमा रहने तालहरूमा समुद्री पानी मिसियो भने यसले पानीका समस्या झनै बढाउने अर्को चिन्ता छ । इस्तानबुल क्यानाल परियोजनाको आर्थिक जोखिमका कारण समेत यो परियोजना विवादित रहिआएको थियो ।

इस्तानबुल क्यानालले पनि ब्ल्याक सी र सि अफ मारमारालाई नै जोड्ने छ भने, यसको लम्बाई ४५ किलोमिटर रहेको छ ।

एर्दाेगनले यो क्यानालको लागत करिब १५ अर्ब अमेरिकी डलर रहने र ६ वर्षभित्र सम्पन्न हुने बताएका छन् । शनिवार पुल उद्घाटनका क्रममा उनले भनेका छन् आज हामी कुनै फोहराको उद्घाटन गरिरहेका छैंनौं, हामी संसारकै एक उदाहरणीय नहरको जग बसाल्दैछौं।

उच्च वातावरणीय जोखिम र चिनियाँ लगानी रहने यो परियोजनाले भविष्यमा टर्कीको सार्वभौमिकतामाथि समेत असर गर्न सक्ने विश्लेषकहरूको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ