arrow

भोटेकोसीको बाढीले १५ घर बगायो, पानीको सतह घट्दै

logo
प्रकाशित २०७३ असार २२ बुधबार
bhotekoshi.JPG.jpeg
चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति एक्कासि आएको बाढीले तातोपानी गाविसमा १५ घर बगाउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डलाई क्षति पु¥याएको छ । गएराति १० बजे एक्कासि नदीमा बाढी आएपछि लिपिङस्थित भन्सार यार्डमा राखिएका दुईवटा टिपर बगााउनुका साथै मध्य भोटेकोसी आयोजनाले बनाएको एउटा बेलीब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । 
 
नदीमा बाढी आएपछि नदीका दायाँबायाँका धेरै भागमा क्षति पु¥याउनुका साथै बाह्रबिसे–तातोपानी सडकखण्डको जम्बुमा ५० मिटर सडक कटान गरेको र विभिन्न ठाउँमा आएको पहिरोले यातायात ठप्प भएको छ । तातोपानी क्षेत्रमा पानी परिरहेको र चीन तर्फबाट बाढी आएकाले नदी बढेको हुन सक्ने प्रजिअ दुवाडीले बताए ।
 
हालसम्म मानवीय क्षतिको जानकारी नआएको र विस्तृत विवरण आउन बाँकी रहेको छ । अहिले पानीको सतह घटेपनि सामान्यभन्दा डेढ मिटरमाथिबाट नदी बहेको प्रजिअ दुवाडीले जानकारी दिए ।
 
गएराति एक्कासि नदी बढेपछि तातोपानीदेखि सुकुटेसम्मको ६३ किलोमिटर क्षेत्रमा पर्ने नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क गराइएको सुरक्षा निकायले जानकारी दिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ