arrow

डा.कोइरालाको अवस्था बिहान ८ बजेको जस्तै, चिकित्सकहरु फेरि जुट्दै

logo
प्रकाशित २०७३ असार २२ बुधबार
OM_Hospital.jpg.jpeg
काठमाडौं । मेसिनको सहायतामा गम्भीर अवस्थामा चावहिलको ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा। सशांक कोइरालाको दिउँसोको अवस्था बिहान ८ बजेको जस्तै रहेको छ । डा। कोइरालाको गम्भीर एवं स्थीर अवस्थामा चावहिलको ओम अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 
 
डा. भगवान कोइराला, डा. अर्जुन कार्कीसहितको टोलीसंगै डा. कोइरालाको स्वास्थ्य अवस्था बुझ्न गएका एमाले नेता प्रदीप ज्ञवालीले हाम्राकुरासंग कुरा गर्दै ८ बजेको अवस्थाजस्तै स्थीर रहेको बताए । चिकित्सकहरु मेसिनको सहयोगले अवस्था उही रहेको हो वा शरीरले धान्न सकेको हो भन्ने कुराको यकिन हुन नसकेकोसमेत चिकित्सकलाई उधृत गर्दै नेता ज्ञवालीले भने । 
 
पूर्ण मेसिन र सत्प्रशित अक्सिजनको सहयोगमा नै डा। कोइरालाको उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सामान्यतया शरीरको तापक्रमभन्दा कममा राखेर उपचार भइरहेको डा लव जोशीले जानकारी दिए।  चिकित्सकको टोलीले एपोलो अस्पतालमा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको बताएको छ । तर टोलीले नै तत्काल कोइरालालाई लैजाने अवस्था नरहेको पर्ख र हेरको अवस्थामा एयर एम्बुलेन्स स्टयाण्डबाइ राखिएको जनाइएको छ । 
 
वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा १५ जनाको विशेषज्ञ चिकित्सकको टोलीले डा कोइरालाको उपचार गरिरहेको छ । चिकित्सकको टोलीले तत्काल अन्त कतै लगेर उपचार सम्भव नभएको भन्दै ओम अस्पतालमै राखेर उपचार गर्नुपर्ने निष्कर्ष निकालेको छ । भारतको एपोलो अस्पतालमासमेत सल्लाह लिइसके पनि डा कोइरालालाई भारतमा लैजानेबारे भने चिकित्सकहरु ढुक्क हुन सकेका छैनन् ।
 
विमानस्थलसम्म कोइरालालाई लैजान कठिन हुने भएकाले तत्काल यो सम्भव नभएको चिकित्सकले बताएका छन् । भेन्टिलेटरबाट निकाल्ने अवस्था नरहेकाले अहिले हतारिएर भारत लैजान नहुने निष्कर्षमा चिकित्सकको टोली पुगेको हो । एयर एम्बुलेन्स एयरपोर्टसमम्म आइपुगे पनि त्यहाँसम्म डा कोइरालालाई लैजान जोखिम भएको चिकित्सकले बताएका छन् । १ बजेपछि १५ जनाको टोली सबेर छलफल गरेरमात्र थप के गर्ने भनी निर्णय गरिने चिकित्सकले जनाएका छन् ।  २ बजेतिर फेरि प्रेस विज्ञप्ति जारी गर्ने जोशीले जनाएका छन् । 
 
उपचारमा उनकै श्रीमती डा सुपात्रा कोइराला पनि सक्रिय भएकी छिन् । ओम अस्पतालमै कार्यरत डा सुपात्राले निरन्तर डा सशांकको निगरानी गरिरहेकी हुन् । डा सुपात्राले भने यहाँ एकसे एक चिकित्सक भएकाले डा कोइरालालाई विदेश लैजान नपर्ने प्रतिक्रिया दिएकी छिन् । न्यून रक्तचाप भइ ओम अस्पतालमा मंगलबार राति भर्ना भए पनि आज बिहानै भने बान्ता गरेपछि थप समस्या भएको हो । वान्ता स्वासप्रश्वास नलीमा गएपछि डा कोइरालाको स्वास्थ्यमा थप जटिल समस्या परेको हो । डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीले पहिलेको तुलनामा धेरै सुधार भए पनि चिकित्सकले त्यसरी भन्न नमिल्ने भएकाले भन्नमात्र नसकेको बताए । 
 
१५ जनाको सिनियर टिममा को को छन् त ?  डा  अर्जुन कार्की  डा भगवान कोईराला डा लव जोशी डा युएन पाठक - मेडिसिन डा श्याम महर्जन -एनेस्थेसिया डा सुवास आचार्य - क्रिटिकल केयर स्पेस्लिष्ट डा महेश भट्टराई -कार्डियोलोजिष्ट डा अर्जुन श्रेष्ठ -चेष्ट सर्जन डा रविन्द्र श्रेष्ठ -फिजिसियन डा रावल पाठक -ग्यास्ट्रो, डा पिके क्षेत्री -नेफ्रो डा हरीकिशोर श्रेष्ठ - म्यानेजिङ डाइरेक्टर , ओम हस्पिटल डा हरिस जोशी -मेडिकल डाईरेक्टर, ओम हस्पिटल रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ