arrow

कुटपिटबाट एक व्यक्तिको मृत्यु

logo
प्रकाशित २०७३ असार २२ बुधबार
man-died.jpg.jpeg
उर्लाबारी । मोरङको बेलबारीमा मानसिक सन्तुलन गुमाएका एक युवकको कुटपिटबाट मृत्यु भएको छ । बेलबारी नगरपालिका–६ का २९ वर्षीय आशिष राईको कुटाइबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएका सोही ठाउँका ४० वर्षीय हरिबहादुर कार्कीको मृत्यु भएको हो । 
 
कार्कीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए ।
 
कुटपिटमा संलग्न राईलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ