arrow

वीर अस्पताल प्रमुख जागेश्वर विरुद्ध ठेक्कामा अनियमितता गरेको भन्दै खरिद कार्यालयमा उजुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
bir-hospital-jageshwor-gautam.jpg

काठमाडौँ । वीर अस्पताल कोभिड- १९ युनिफाईड अस्पतालको प्रशासकीय अधिकारी विरुद्ध नियम विपरीत आफू निकटलाई दिने गरी टेन्डर गरेको भन्दै वीर अस्पताल स्वास्थ्यकर्मीहरुले सार्वजनिक खरिद कार्यालय लगायतमा उजुरी दिएका छन्। उजुरीमा स्वायत्त न्याम्स अर्न्तगतको वीर अस्पतालमा अध्यादेशबाट नियुक्ति डा गौतमले न्याम्सकै शीर्षक राखेर असार ९ , ११ ,१२ गते झन्डै एक अर्बको टेन्डर आफ्नो लगानी रहेको म्याक्सिम इन्कर्पेरेशनलाई हुने गरी स्पेक बनाई ५ र ३ दिने सूचना दिएर टेन्डर आव्हान गरेको उल्लेख छ।

मेडिकल व्यवसायीहरूको योजनामा उपकरण लगायत सामान खरिदमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताल लाई छुट्टाएको थियोI यसरी विनियोजन भएको रकमबाट प्रतिष्ठान ऐन र नियम विपरीत गौतमले टेन्डर निकालेका हुन्। उनले असार ९ गते झन्डै ५० करोड को टेन्डर जम्मा ५ दिन समय दिएर प्रकाशित गरेका छन्। असार १० गते ३० करोडको टेन्डर ३ दिन समय दिएर निकालेका छन्। 

गौतमले Bid IDNo  NAMS /NCB/ER/77/78/30 देखि 36 सम्म आफ निकटसँग पहिल्यै सबै स्पेक मिलाएर टेन्डर आव्हान गरेका कर्मचारीहरू नै बताउँछन्। यो टेन्डर आफू निकटलाई दिन छोटो समय राखेको समेत उनीमाथि आरोप लागेको छ। उनकै लगानी रहेको म्याक्सिम इन्कर्पोरेट   टेर्डसलाई हुने गरी स्पेक तयार गरी टेन्डर गरिएको छ। उनलाई यो काममा हालै टिचिङ अस्पतालबाट अनियमितताको आरोपमा जागिरबाट हटाइएकी तथा डा जागेश्वरले भर्खरै वीरमा नियुक्ति गरेकी बायो मेडिकल इन्जिनियर भावना बराल, वीर अस्पतालमा विगत देखिनै अनियमितता मुछिएका कर्मचारीहरूले नै सहयोग गरिरहेका वीर अस्पताल खरिद एकाइकै कर्मचारी बताउँछन्। 

डा जागेश्वरले अरब रुपैयाँ भन्दा बढीको उपकरणको स्पेक मिलाउन  सिन्धुली घर भएकी तीन वर्ष अघि शिक्षण अस्पताल महाराजगन्जमा ठुलो विवादमा मुछिएर सेवाबाट हटेकी बायो मेडिकल इन्जिनियर बराललाई   नियुक्ति दिएका छन्। भावना बराल कार्यालय समयमै म्याक्सिमको अफिस बालुवाटारमा बसी वीर अस्पताल खरिद शाखाका प्रमुखसँग मिलेर डा गौतमको लगानी रहेको कम्पनी म्याक्सिमलाई टेन्डर हुने गरी स्पेक बनाउने गरेको विभिन्न सर्किजल हाउसको भनाई छ। म्याक्सिममा डा जागेश्वरको जिल्लावासी र व्यापारिक पार्टनर सुन्दर भुषालको नाममा दर्ता रहेको छ।

 डा जागेश्वर र सुन्दर भुषाल ब्यवसायीक साझेदार हुन। डा जागेश्वरसँग अहिले पनि विभिन्न अस्पताल तथा संस्थाहरूको करोडौँ रुपैयाँको शेयर रहेको छ। उनको सिएमसि मा १,७६,४२८ कित्ता शेयर रहेको, मौलाकालिका अस्पतालमा २३,४०० कित्ता शेयर, एमेजनमा ८५,००० कित्ता शेयर, ग्यालेक्सीमा ९९,००० शेयर, क्यानभासको ३०००० कित्ता शेयर र नारायणी अक्सिजनमा १,२०,००० कित्ता शेयर रहेको छ। उनी सरकारी कर्मचारी भएर पनि लगानी गर्ने यत्रो अकुत सम्पत्ति कहाँबाट आयो धेरैले आश्चर्य प्रकट गर्छन्। 

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९,(१)क अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्ने पाइँदैन। तर डा गौतमले हालसम्म करोडौँ लगानी गरिरहँदा पनि मन्त्रालय भने बेखबर जस्तै छ।

वीर र नयाँ सर्जीकल भवनमा खरिद हुने ४ अर्ब को उपकरणको बजेट, कर्मचारी भर्ना र नुवाकोट परियोजनाको डिपिआरको बजेट माथि आँखा गाडेर स्वास्थ्य मन्त्रालयलाई प्रभावित पार्ने विवादास्पद मेडिकल व्यापारीको योजना स्वास्थ्य सेवाका विवादित गौतमलाई ल्याएर पुरा गर्नेतर्फ लागेका छन्। 

अनियमिततामा संलग्न गौतम सहितलाई कारबाहीको माग गर्दै कर्मचारीहरूले प्रधानमन्त्री, सिसिएमसि, अख्तियार, सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण, सिआइबि, स्वास्थ्य मन्त्रालय, सार्वजनिक खरिद अनुगमन लगायतमा असार १० गते उजुरी दिएका हुन् ।



नयाँ