arrow

डा. सशांक कोइरालाको अवस्था उस्तै, सरकारी अधिकारीसमेत भेट्न पुगे

logo
प्रकाशित २०७३ असार २२ बुधबार
sirakchaya-chief.jpg.jpeg
काठमाडौं । मेसिनको सहायतामा गम्भीर अवस्थामा चावहिलको ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा। सशांक कोइरालाको अवस्था जटिल नै रहेको छ । डा। कोइरालाको गम्भीर एवं स्थीर अवस्थामा चावहिलको ओम अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । भेन्टिलेटरकै अवस्थामा गम्भीर अवस्थामा उपचार भइरहेको पाएपछि विभिन्न दलका नेता तथा कार्यकताका साथै सरकारी अधिकारीहरुसमेत डा. कोइरालाको अवस्था बुझ्न ओम अस्पताल पुगेका छन् । 
 
सरकारी अधिकारीहरुमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालका साथै सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईसमेत अस्पताल पुगे । काँग्रेसका नेताहरुबाहेक एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, नेता माधवकुमार नेपाल, प्रदीप ज्ञवाली लगायतका नेता अस्पताल पुगे । 
 
त्यस्तै राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा, राप्रपा नेता पशुपति शम्शेर राणा लगायतका नेताहरु अस्पताल पुगे । माओवादीका नेताहरु पनि अस्पतालमा नदेखिएको जनाइएको छ । 
 
त्यस्तै डा. कोइरालालाई भेन्टिलेटरमा देखेपछि काँग्रेस नेतृ एवं डा. कोइरालाकी दिदी सुजाता कोइराला निकै भावुक हुँदै अस्पतालबाट बाहिरिएकी छिन् । उनले रोक्न खोजे पनि आँखाबाट आँशु निस्किरहेका थिए । उनले हाम्राकुरालाई भनिन् –‘राम्रो हुन्छ होला ।’
सुजाताले फेरि पनि भक्कानिदै चिकित्सक र भगवानले डा. कोइरालालाई बचाउने आशासमेत गरिन् । त्यस्तै मनिषा कोइरालाका भाइ सिद्धार्थ कोइराला बिहान डा. कोइरालालाई भेन्टिलेटरमा देखेर फर्किएपछि निराश मुद्रामा थिए । उनको उदास अनुहारले कुनै प्रतिक्रिया दिन मानिरहेको थिएन । 
 
डा. कोइरालाको अवस्था बुझ्न विभिन्न दलका नेता तथा सरकारी पदाधिकारी पनि पुगेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पनि अस्पताल पुगेर उनको अवस्था बुझेका थिए । त्यस्तै काँग्रेस इलाम जिल्ला सभापति हिमाल कर्माचार्य पनि अस्पताल पुगेर डा. सशांक कोइरालाको स्थिति बुझे । उनले हाम्राकुरासंग भने –‘उहाँको अवस्था बुझ्नै नसकिने छ, भेन्टिलेटरमा हुनुहुन्छ, अचेतन अवस्थामा हुँदा हामी निराश छौं, छिट्टै निको हुने आशामा छौं ।’ चिकित्सकले केही हौसला दिएको भन्दै उनले अवस्था भने नाजुक नै रहेको सुनाए ।
 
डा. भगवान कोइराला, डा. अर्जुन कार्कीसहितको टोलीसंगै डा. कोइरालाको स्वास्थ्य अवस्था बुझ्न गएका एमाले नेता प्रदीप ज्ञवालीले हाम्राकुरासंग कुरा गर्दै ८ बजेको अवस्थाजस्तै स्थीर रहेको बताए । चिकित्सकहरु मेसिनको सहयोगले अवस्था उही रहेको हो वा शरीरले धान्न सकेको हो भन्ने कुराको यकिन हुन नसकेकोसमेत चिकित्सकलाई उधृत गर्दै नेता ज्ञवालीले भने । 
 
पूर्ण मेसिन र सत्प्रशित अक्सिजनको सहयोगमा नै डा। कोइरालाको उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । सामान्यतया शरीरको तापक्रमभन्दा कममा राखेर उपचार भइरहेको छ डा। लव जोशीले जानकारी दिए ।  चिकित्सकको टोलीले एपोलो अस्पतालमा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको बताएको छ । तर टोलीले नै तत्काल कोइरालालाई लैजाने अवस्था नरहेको पर्ख र हेरको अवस्थामा एयर एम्बुलेन्स स्टयाण्डबाइ राखिएको जनाइएको छ । 
 
वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा १५ जनाको विशेषज्ञ चिकित्सकको टोलीले डा। कोइरालाको उपचार गरिरहेको छ । चिकित्सकको टोलीले तत्काल अन्त कतै लगेर उपचार सम्भव नभएको भन्दै ओम अस्पतालमै राखेर उपचार गर्नुपर्ने निष्कर्ष निकालेको छ । भारतको एपोलो अस्पतालमासमेत सल्लाह लिइसके पनि डा। कोइरालालाई भारतमा लैजानेबारे भने चिकित्सकहरु ढुक्क हुन सकेका छैनन् ।
 
विमानस्थलसम्म कोइरालालाई लैजान कठिन हुने भएकाले तत्काल यो सम्भव नभएको चिकित्सकले बताएका छन् । भेन्टिलेटरबाट निकाल्ने अवस्था नरहेकाले अहिले हतारिएर भारत लैजान नहुने निष्कर्षमा चिकित्सकको टोली पुगेको हो । एयर एम्बुलेन्स एयरपोर्टसमम्म आइपुगे पनि त्यहाँसम्म डा। कोइरालालाई लैजान जोखिम भएको चिकित्सकले बताएका छन् । 
 
१ बजेपछि १५ जनाको टोली सबेर छलफल गरेरमात्र थप के गर्ने भनी निर्णय गरिने चिकित्सकले जनाएका छन् ।  २ बजेतिर फेरि प्रेस विज्ञप्ति जारी गर्ने पनि डा। जोशीले जनाएका छन् । 
 
उपचारमा उनकै श्रीमती डा। सुपात्रा कोइराला पनि सक्रिय भएकी छिन् । ओम अस्पतालमै कार्यरत डा। सुपात्राले निरन्तर डा। सशांकको निगरानी गरिरहेकी हुन् । डा। सुपात्राले भने यहाँ एकसे एक चिकित्सक भएकाले डा। कोइरालालाई विदेश लैजान नपर्ने प्रतिक्रिया दिएकी छिन् । 
 
न्यून रक्तचाप भइ ओम अस्पतालमा मंगलबार राति भर्ना भए पनि आज बिहानै भने बान्ता गरेपछि थप समस्या भएको हो । वान्ता स्वासप्रश्वास नलीमा गएपछि डा। कोइरालाको स्वास्थ्यमा थप जटिल समस्या परेको हो । 
 
१५ जनाको सिनियर टिममा को को छन् त?
डा अर्जुन कार्की 
डा भगवान कोईराला
डा लव जोशी
डा युएन पाठक (मेडिसिन)
डा श्याम महर्जन (एनेस्थेसिया)
डा सुवास आचार्य (क्रिटिकल केयर स्पेस्लिष्ट)
डा महेश भट्टराई (कार्डियोलोजिष्ट)
डा अर्जुन श्रेष्ठ (चेष्ट सर्जन)
डा रविन्द्र श्रेष्ठ (फिजिसियन)
डा रावल पाठक (ग्यास्ट्रो)
डा पिके क्षेत्री (नेफ्रो)
डा हरीकिशोर श्रेष्ठ (म्यानेजिङ डाइरेक्टर) , ओम हस्पिटल
डा हरिस जोशी मेडिकल डाईरेक्टर, ओम हस्पिटल
 
डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीले पहिलेको तुलनामा धेरै सुधार भए पनि चिकित्सकले त्यसरी भन्न नमिल्ने भएकाले भन्नमात्र नसकेको बताए । उनी र डा. कोइरालाकी पत्नी डा सुपात्रा स्थिति सुधारोन्मुख भइसकेपछि खाना खान निस्केका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ