arrow

"डा. शशांकको स्थिति गम्भीर, यसै भन्न सकिन्न्" (अडियो सहित)

logo
प्रकाशित २०७३ असार २२ बुधबार
13617434_10210370177634224_1153134279_n.jpg.jpeg
काठमाडौ । भेन्टीलेटरमा राखेर चावहिलको ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको अवस्थामा अपेक्षाकृत सुधार नआएको तथा अझ गम्भीर रहेको डाक्टरहरुले दिउसो ३ बजे गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । डा लव जोशीले जानकारी दिए अनुसार एसै भन्दा नसकिने र बिहानको भन्दा लिभर र किट्नीको अवस्था झन बिग्रिएको बताएका छन् । लाइफ सपोर्टमा राखिएको डा जोशीले बताए । ३ बजे बितरित बिज्ञप्तिमा रक्तचाप १००/५० बताइएको छ भने मुटुको धड्कन प्रतिमिने ८० भनिएको छ ।
 
हिजो बेलुका देखि रक्तचापमा कमि देखिएको तथा लगातार भमिटिङ भएपछि बिहान ५ बजे ओम अस्पताल लगिएको थियो । डाक्टरहरुको समूहले स्थीर अवस्थामा ल्याउने प्रयास बिहान नै देखि गरेपनि अपेक्षाकृत सुधार दिउसोसम्म पनि हुन सकेन् । उहाँको बिहान बितरित प्रेस विज्ञप्ति अनुसार डा. कोइरालाको रक्तचाप ६०–४० बाट बढेर ९०–६० हुन पुगेको छ । 
 
त्यसैगरी मुटुको गति १३० प्रति मिनेटमा आइपुगेको बताइए पनि हालसम्म पनि सोचे अनुरुप सुधार नदेखिएको बताइएको छ । विभिन्न परीक्षणपछि डा.कोइरालाको फोक्सोमा गम्भीर प्रकृतिको न्यूमोनिया देखिएको बताइएको छ र मेसिनको सहायताले स्थीर बनाइएको डाक्टरहरुले बताएका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाको नेतृत्वमा १५ जनाको विशेषज्ञ चिकित्सकको टोलीले डा कोइरालाको उपचार गरिरहेको छन ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ