arrow

बाढीपीडितलाई गासवासको व्यवस्था गर्न काँग्रेसको माग

logo
प्रकाशित २०७३ असार २२ बुधबार
congress-flag-11111.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसले बाढीबाट विस्थापित र उच्च जोखिममा रहेका बस्तीवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण एवम् गासवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 
 
मङ्गलबार राति एक्कासि आएको बाढीले बाह्रबिसे–तातोपानी सडक अवरुद्ध हुनुका साथै १५ घर बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टीले उनीहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको हो । 
 
सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढीले तातोपानी गाविसका नदी किनारका अधिकांश घर जोखिममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको वक्तव्यमा उल्लेख छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ