arrow

नेपालको आफ्नै भूग्रहको स्थापना गरिने मन्त्री राईको कथन

logo
प्रकाशित २०७३ असार २२ बुधबार
sher-dhan-rai.jpg.jpeg
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागेको  कथन गरेका छन्  ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बाढी, पहिरो जोखिम जिल्लामा मोबाइलमार्फत पूर्व सूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताए । 
 
उनले राष्ट्रिय प्रशासरण नीति, अनलाइन निर्देशिकालाई परिमार्जन समिति गठन गरिएको जानकारी दिँदै मन्त्रालयअन्तर्गतका निकायका व्यवस्थापन सुधार भइरहेको उल्लेख गरे । मन्त्री राईले पत्रकारलाई उपचारका लागि ५० प्रतिशत छुटका लागि आवश्यक गृहकार्य अगाडि बढाएको जानकारी दिँदै सूचना तथा सञ्चार क्षेत्रमा लगानी बढिरहेको अवस्थामा यसलाई विशेष उद्योगको मान्यता दिन लागिएको बताए । 
 
राष्ट्रिय समाचार समितिको संस्थागत क्षमता अभिवृद्धि गरिने, चलचित्रलाई गतिशील बनाइने, हुलाक सेवालाई थप व्यावसायिक बनाइने सुरक्षण मुद्रण समिति गठन गरिने, टेलिफोन सेवालाई विस्तार गरिने, २४० निर्वाचन क्षेत्रमा नयाँ टावर विस्तार गरिने उनले जानकारी दिए । 
 
मन्त्री राईले सामुदायिक सूचना केन्द्र विस्तार गरिने, नेपाल टेलिकमको प्राविधिक सुधार तथा गुणस्तरमा ध्यान दिइने, राष्ट्रका लागि मेरो योगदानअन्तर्गत ‘मेरो कल मेरो सेयर’ को थालनी गरिने तथा भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा मर्मतलाई तीब्रता दिइने बताए । 
 
आमसञ्चार नीति मन्त्रिपरिषद्मा पेस हुने अवस्थामा रहेको जानकारी दिँदै मन्त्री राईले सो नीतिले आमसञ्चार क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्र गरे । मन्त्री राईको सो जवाफमाथि सांसद प्रेम सुवालले पूरक प्रश्न गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ