arrow

संसदीय समितिले चन्द्रौटा घटनाबारे गृहमन्त्री र महानिरीक्षकसँग जानकारी लिने

logo
प्रकाशित २०७३ असार २२ बुधबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले कपिलवस्तुको चन्द्रौटामा भएको बलात्कारको घटनाबारे जानकारी लिन गृहमन्त्री र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई आगामी बैठकमा बोलाउने निर्णय गरेको छ । 
 
समितिको आज बसेको बैठकले जेठ ३० गते अपाङ्गता भएकी महिलामाथि भएको भनिएको सामूहिक बलात्कारको घटनाको स्थलगत छानबिन गर्ने निर्णय पनि गरेको छ । बैठकमा सदस्यले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग माग गरेका हुन्। 
 
गृहमन्त्री र सशस्त्र प्रहरीका महानिरीक्षकसँग आवश्यक जानकारी लिएपनि छानबिनका लागि गठन भएको पाँच सदस्यीय टोली त्यसतर्फ जाने निर्णय भएको हो । टोलीले स्थानीय जनतासँग त्यस विषयमा आवश्यक अन्तरक्रिया र सार्वजनिक सुनुवाइसमेत चलाउने बताइएको छ । 
 
बैठकले समितिको वार्षिक प्रतिवेदन तयार गर्न अर्को पाँच सदस्यीय उपसमिति पनि गठन गरेको छ । समितिले नेपाल रिक्रेशन सेन्टर प्रालिले सञ्चालन गरेको क्यासिनो बन्द भए पनि त्यहाँका श्रमिकले तलब भत्ता नपाएको हुँदा त्यस विषयलाई कसरी सुल्झाउन सकिन्छ, भन्ने बारेमा अध्ययन गरी प्रतिवेदन दिन वीरबहादुर हमाल संयोजक रहेका पाँच सदस्यीय उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ