arrow

डा. कोइरालाको हाल बुझ्न प्रचण्ड पनि पुगे अस्पताल

logo
प्रकाशित २०७३ असार २२ बुधबार
PRACHANDA_NEPAL_268477e.jpg.jpeg
काठमाडौं । गम्भीर अवस्थामा मेसिनको सहायताले उपचार गराईरहेका नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य स्थितीको विषयमा जानकारी लिनको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि ओम अस्पताल पुगेका छन् । ओम अस्पतालमा रहेका हाम्रा सहकर्मीले दिएको जानकारी अनुसार उनी ६ : ३० मा ओम अस्पताल पुगेका थिए । 
 
डा. कोइरालाको स्वास्थ्य अवस्थाको विषयमा अहिलेसम्म प्राप्त जानकारी अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि गम्भीर तर स्थिर रहेको छ । उनको अहिले काठमाडौंको चावहिलमा रहेको ओम अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । भेन्टिलेटरकै अवस्थामा गम्भीर अवस्थामा उपचार भइरहँदा विभिन्न दलका नेता तथा कार्यकताका साथै सरकारी अधिकारीहरुसमेत डा. कोइरालाको अवस्था बुझ्न ओम अस्पताल पुगेका छन् ।
 
यसैबीच दिउँसो सभामुख ओनसरी घर्ती मगर पनि ओम अस्पताल आएकी थिईन् । विभिन्न राजनीतिक दलका नेताहरूसँगै प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका उच्च पदस्थ कर्मचारीहरू पनि कोइरालाको स्वास्थ्य अवस्था बुझेर फर्किसकेका छन् । तर अध्यक्ष प्रचण्ड भने भर्खरै मात्रै अस्पताल प्रवेश गरेका हुन् ।
 
यसैबीच अस्पतालले कोइरालाको पछिल्लो स्वास्थ्य स्थितीको विषयमा अबको केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ । हाम्रा संवाददाताका अनुसार साँझ ७ बजे तेस्रो पटक पत्रकारसम्मेलन गरेर अस्पतालले जानकारी दिन लागेको हो । अस्पतालले विहान १० बजे, दिउँसो ३ बजे पत्रकारसम्मेलन गरेर कोइरालाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ