arrow

सात जिल्लाका इजलास खारेज

logo
प्रकाशित २०७३ असार २२ बुधबार
suprim-cort.jpg.jpeg
काठमाडौँ । सर्वोच्च अदालतलको आज बसेको पूर्ण बैठकले विभिन्न सात जिल्लामा गठन गरिएका देवानी र फौजदारी मुद्दाको इजलास खारेज गर्ने निर्णय गरेको छ । 
 
कामु प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको पूर्ण बैठकले विभिन्न सात जिल्लामा रहेको देवानी र फौजदारी मुद्दाको इजलास आगामी साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । 
 
देवानी र फौजदारी मुद्दा हेर्न २०६० साल असार २ गते सिरहा, चितवन, कास्की र कपिलवस्तुमा छुट्टाछुट्टै इजलास गठन गरिएको थियो । मोरङ र बाँके जिल्लामा भने २०६१ असार २१ गते गठन गरिएको थियो । त्यस्तै, २०६१ साल असार २७ गते काठमाडौँमा इजलासको व्यवस्था भयो । 
 
कामु प्रधानन्यायाधीश कार्कीसहित सर्वोच्च अदालतका नौ जना न्यायाधीशको पूर्ण बैठकले आगामी साउन १ गतेदेखि निश्चित समयका लागि गठित ती इजलासहरु खारेज गरेको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ