arrow

मेस्सीलाई २१ महिनाको जेल सजाय

logo
प्रकाशित २०७३ असार २२ बुधबार
messicourt.jpg.jpeg
काठमाडौं।  पुर्व अर्जेन्टिनी फुटबल स्ट्राइकर तथा बार्सिलोनाका फरवार्ड  लियोनेल मेस्सीलाई स्पेनको एक अदालतले २१ महिनाको जेल सजाय सुनाएको छ । बिबिसीका अनुसार मेस्सीले  कर छलेको आरोपमा अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । 
 
उनले वार्षिलोनामा रहँदा कर छलि गरेको आरोप उनी विरूद्ध लाग्दै आएको थियो । गत वर्ष उनका बार्सिलोनाका सहकर्मी जाभीयर मस्सेरानो पनि कर छलिको मुद्दामा दोषी पाइए पछि उनलाई १ वर्षको जेल सजाय सुनाइएकोमा स्पेनको नियम अनुशासन जरिवाना तिर्दै छुटेका थिए। स्थानीय सर्वोच्च अदालतले गरेको उक्त फैसला अन्तिम फैसला भने होईन । यसरी स्थानीय सर्वोच्च अदालतले अन्तिम फैसला नगरेसम्म स्थानीय  अदालतको निर्णय लागु नहुने पनि बिबिसीले जनाएको छ। यदि सर्वोच्च अदालतले पहिले कै फैसलालाई सदर गरेमा पनि स्पेनको कानुन अनुसार उनिहरुले  जेल सजाय भने भोग्नु पर्ने छैन।
 
उक्त नियम अनुसार एक पटक भन्दा धेरै  कर छलीमा दोषी पाइए वा  २ वर्ष भन्दा धेरै जेल सजाय  उक्त कारबाहीको भागेदारी बन्नु पर्ने छ । तर तोकिए बमोजिमको जेल सजाय बराबरको जरिवाना भुक्तानी पछि उक्त सजाय माफ हुने नियम रहेको छ। मेस्सीको हकमा  उनी पहिलो पल्ट यो अरोपमा परेका हुन साथै उनको सजाय अवधि पनि २१ महिना मात्र भएकोले  उनी र उनका बुबा जेल जानु नपर्ने भएको हो। 
 
सन् २००७ देखि २००९ सम्ममा स्पेनमा अफ्नो तस्बिरबाट प्राप्त आम्दानी बापतको कर लुकाउनको लागी अन्यत्र कर नलाग्ने  देशमा लगेको आरोपमा दोषी पाएपछि   अदालतले उनी तथा  उनका बाबु जोर्गे मेस्सीलाई २१ महिनाको जेल सजाय सुनाएको छ । स्थानिय अदालतले गरेको उक्त निर्णय चित्त नबुझे उनिहरु स्पेनको सर्वोच्च अदालतमा उक्त निर्णय विरुद्द अपिल गर्न सक्ने छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ