arrow

डा. सशांकको ब्रेनडेथको कुरा अफवाह मात्रै, डाक्टरले बोलाउँदा आँखा खोले (अडियो सहित)

logo
प्रकाशित २०७३ असार २२ बुधबार
sasank-edit6.jpg.jpeg
काठमाडौं । बुधवार बिहान साँढे ५बजेबाट काठमाडौंको चावहिलमा रहेको ओम अस्पतालको भेन्टिलेटरमा रहेका नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले पहिलो पटक भेन्टिलेटरमा प्रतिक्रिया जनाएका छन् । साँझ साढे ६ बजे उपचारमा संलग्न चिकित्सकहरूको टोलीले बोलाउँदा उनले आँखा खोलेको उपचारमा संलग्न चिकित्सक डा लवनरसिंह जोशीले जानकारी दिए। यसरी प्रतिक्रिया जनाएसँगै दिनभर डा. कोइरालाको ब्रेनडेथ भएको भन्ने कुरा पनि अफवाह मात्रै रहेको पुष्टि भएको छ । डा. जोशीले पनि डा. कोइरालाले प्रतिक्रिया जनाईसकेकोले यो अफवाह रहेको पुष्टि गरेका हुन् । 
 
हाम्रा सहकर्मीका अनुसार ओम अस्पतालमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाउँदा पनि महामन्त्री कोइरालाले आँखा खोलेका थिए । तर उनलाई लठ्याउने औषधी दिइएकोले उनले थप प्रतिक्रिया दिन नसकेको जोशीको भनाई थियो। यस्तो अवस्थाका  विरामीलाई भेन्टिलेटरमा राख्दा चिकित्सकहरूले २४ घण्टासम्म पर्ख र हेरको अवस्थाको रूपमा लिने गर्छन् । पत्रकार सम्मेलन गर्दा उनी भेन्टिलेटरमा रहेको करिब १३ घण्टा मात्रै भएको थियो । सामान्य अवस्थामा ४८ घण्टाको समय पर्ख र हेरको स्थिती रहने भएपनि यो केशमा भने २४ घण्टा पछि थप केही बताउन सकिने पनि डा. जोशीले जानकारी दिए । 
 
अस्पताल प्रशासनले साँझ साढे ७ बजे तेस्रो पटक पत्रकार सम्मेलन गरेर डा. कोइरालाको ब्लडप्रेसर, किड्नी र लिभरको काम पनि सुधारोन्मुख रहेको जानकारी दिएको छ। दिउँसो उनको मल्टिअर्गान डिस्फङ्सन भएको बताएका जोशीले साँझ गरिएको पत्रकार सम्मेलनमा समेत सोही कुरा दोहोर्या‍उँदै यसलाई मल्टिअर्गान डिस्फेलियरको रुपमा बुझ्न नहुने प्रष्ट्याए।
 
मेकानिकल भेन्टिलेटरमा रहेका डा. कोइरालालाई थप उपचारको लागि भारत लैजानुपर्ने भन्ने कुरालाई परिवारले प्राथमिकतामा राखेको छैन । यद्यपी भारतको दिल्ली स्थित एपोलो अस्पतालका क्रिटिकल केयर स्पेसलिष्टहरूसँग भने निरन्तर परामर्शमा रहेको उपचारमा संलग्न डाक्टरहरूले जनाएका छन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ