arrow

डा. कोइरालाको स्वास्थ्यमा अपेक्षाकृत सुधार,रुनुभयोः भरत तिवारी

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
sssssssssssssssss.JPG.jpeg
काठमाडौं । चावहिलमा रहेको ओम अस्पतालको भेन्टिलेटरमा रहेका नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको छ । मंगलबार साँझ ८ बजे उपचारका लागि गएका कोइरालालाई बुधबार बिहान गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आज बिहान भने चिकित्सकको टोलीले अपेक्षाकृत सुधार भएको पाएको हो । भेन्टिलेटरमा राखेको २४ घण्टा पछि डा कोइरालाको स्वास्थ्यमा सुधार भएको उपचारमा संलग्न चिकित्सहरुले जनाएका छन्।
 
चिकित्सकसंग संगसंगै गएका डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीलाई डा. कोइरालाले चिनेको र आँखाबाट आँसु खसालेर रोएको तिवारीले हाम्राकुरालाई बताए । २४ घण्टासम्म पर्ख र हेरको अवस्थामा रहेका डाक्टरहरुले कोइरालाको स्वास्थ्यमा आएको सुधारलाई सकारात्मक रुपमा लिएका छन्। चिकित्कहरुले कोइरालाको ब्लड प्रेसर सामान्यतर्फ उन्मुख भएको बताएका छन्। उपचारमा संलग्न चिकित्सकहरुले विहान उनलाई वोलाउँदा आँखा खोलेको, टाउको उठाउने प्रयास गरेको, खुट्टामा सामान्य चाल देखिएको बताएको उपचारमा संलग्न चिकित्सक डा लवनरसिंह जोशीलाई उदृत गर्दै अर्का एक आफन्तले बताए। 
 
तिवारीले चिकित्सकलाई उदृत गर्दै भनेका छन् –‘उहाँको अवस्थामा निकै सुधार आइरहेको छ । हृदयगतिदेखि रक्तचाप सबै सामान्य हुँदै गएको छ । औषधिको मात्रा पनि घटाउँदै लगिएको छ।’ तर चिकित्सकहरुले भेन्टिलेटरमा राखिरहेको अवस्थालाई गम्भीर नै मान्नुपर्ने भएकाले धेरै नै सामान्य भएको भनेर भन्न नमिल्ने पनि बताएको तिवारीले जानकारी दिए । 
 
यसअघि हिजो साँझ डा. कोइरालाले पहिलो पटक भेन्टिलेटरमा प्रतिक्रिया जनाएका थिए । साँझ साढे ६ बजे उपचारमा संलग्न चिकित्सकहरूको टोलीले बोलाउँदा उनले आँखा खोलेको उपचारमा संलग्न चिकित्सक डा लवनरसिंह जोशीले जानकारी दिएका थिए । डा. जोशीलाई उधृत गर्दै डा. कोइरालाका स्वकीय सचिव तिवारीले भने ‘उहाँ पनि उत्साही भएको पाएँ’ । 
 
बुधवार भने डा. कोइरालाको ब्रेनडेथ भएको भन्ने अफवाह फैलिएको थियो। डा. जोशीले पनि डा. कोइरालाले प्रतिक्रिया जनाईसकेकोले यो अफवाह रहेको पुष्टि गरेका थिए। अझै पनि उनलाई लठ्याउने औषधी दिइएकोले उनले अझै धेरै प्रतिक्रिया दिन समय लाग्छ। यस्तो अवस्थाका विरामीलाई भेन्टिलेटरमा राख्दा चिकित्सकहरूले २४ घण्टासम्म पर्ख र हेरको अवस्थाको रूपमा लिने गर्छन्। सामान्य अवस्थामा ४८ घण्टाको समय पर्ख र हेरको स्थिती रहने भएपनि यो केशमा भने २४ घण्टा पछि थप केही बताउन सकिने पनि डा. जोशीले जानकारी दिएका थिए। ओम अस्पतालले आजै ९ वजे पत्रकार सम्मेलन गर्ने बताएको छ। 
 
डा. कोइरालाको ब्लडप्रेसर, किड्नी र लिभरको काम पनि सुधारोन्मुख रहेको जानकारी दिएको छ। मल्टिअर्गान डिस्फङ्सन भएको बताएका जोशीले पत्रकार सम्मेलनमा समेत सोही कुरा दोहोर्या‍उँदै यसलाई मल्टिअर्गान डिस्फेलियरको रुपमा बुझ्न नहुने प्रष्ट्याएका थिए। पिसाव समेत सामान्य रुपमा भइरहेको छ। फोक्सोको निमोनियाको उपचार भइरहेको छ। 
 
मेकानिकल भेन्टिलेटरमा रहेका डा. कोइरालालाई थप उपचारको लागि भारत लैजानुपर्ने भन्ने कुरालाई परिवारले प्राथमिकतामा राखेको छैन। यद्यपी भारतको दिल्ली स्थित एपोलो अस्पतालका क्रिटिकल केयर स्पेसलिष्टहरूसँग भने निरन्तर परामर्शमा रहेको उपचारमा संलग्न डाक्टरहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ