arrow

मेसी सर्वोच्च अदालत जाने

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
messi.jpg.jpeg
काठमाडौं।  पाँच पटकका बेलोन डे’ओर विजेता फुटबल स्टार लियोनल मेसी सर्वोच्च अदालतमा जाने भएका छन् । स्पेनस्थित बार्सिलोनाको अदातलले पुर्व अर्जेन्टिनी फुटबल स्ट्राइकर तथा बार्सिलोनाका फरवार्ड  मेसीलाई कर छलीको आरोपमा २१ महिनाको जेल सजाय सुनाएपछि उनी न्यायका लागि सर्वोच्च अदालत जान लागेका हुन् । 
 
बुधबार अदालतले मेसीले कर छलेको आरोपमा अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । उनले बार्सिलोनामा रहँदा कर छली गरेको आरोप उनी विरूद्ध लाग्दै आएको थियो । गत वर्ष उनका बार्सिलोनाका सहकर्मी हेभियर मस्सेरानो पनि कर छलीको मुद्दामा दोषी पाइए पछि उनलाई १ वर्षको जेल सजाय सुनाइएकोमा स्पेनको नियम अनुसार जरिवाना तिर्दै छुटेका थिए। 
 
स्पेनको नियमअनुसार एक पटक भन्दा धेरै  कर छलीमा दोषी पाइए वा  २ वर्ष भन्दा धेरै जेल सजाय  उक्त कारबाहीको भागेदारी बन्नु पर्ने छ । तर तोकिए बमोजिमको जेल सजाय बराबरको जरिवाना भुक्तानी पछि उक्त सजाय माफ हुने नियम रहेको छ। मेस्सीको हकमा  उनी पहिलो पल्ट यो अरोपमा परेका हुन साथै उनको सजाय अवधि पनि २१ महिना मात्र भएकोले  उनी र उनका बुबा जेल जानु नपर्ने भएको हो। 
 
सन् २००७ देखि २००९ सम्ममा स्पेनमा आफ्नो तस्बिरबाट प्राप्त आम्दानी बापतको कर लुकाउन अन्यत्र कर नलाग्ने  देशमा लगेको आरोपमा दोषी पाएपछि  अदालतले उनी तथा  उनका बाबु जर्जलाई २१ महिनाको जेल सजाय सुनाएको हो । साथै उनीहरुलाई १ दशमलव ७ मिलियन युरो पनि जरिवाना गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ