arrow
ADVERTISEMENT

सिरियामा ईदको अवसर पारेर सरकारबाट ७२ घण्टाका लागि एकतर्फी युद्धविराम

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
idd.JPG.jpeg

काठमाडौं । सिरियामा सरकारले ७२ घण्टाका लागि एकतर्फी युद्धविराम गरेको छ । मुस्लिमहरुको महान् चाड ईदका अवसरमा सिरियाली सेनाले एकतर्फी युद्ध विरामको घोषणा गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

यो युद्धविराम शुक्रबारको मध्यरातसम्म लागु हुने जनाइएको छ । ईद उल फित्रका अवसरमा गरिएको यस युद्धविरामको आफूहरुले पनि सम्मान गर्ने विभिन्न विद्रोही समूहहरुले पनि जनाएका छन् ।
 
यसअघि राष्ट्रपति बसर अल असदले युद्धबाट भग्नावशेषमा परिणत भएको होम्स शहरमा सार्वजनिक रुपमा नमाज गरेको देखाइएको थियो ।
 
होम्स केही समयसम्म विद्रोहीको नियन्त्रणमा थियो । अहिले भने धेरैजसो क्षेत्रमा सरकारी सेनाको नियन्त्रण छ ।
 
अस्थायी युद्धविरामको अमेरिकी विदेश मन्त्री जोन केरीलेसमेत स्वागत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ