arrow

पूर्व राजा ज्ञानेन्द्रको आज ७० औं जन्मोत्सव

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
kamal-thapa.JPG.jpeg
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७० औं जन्मोत्सव । शाहको जन्मोत्सवको अवसर पारेर बिहान ११ बजे निर्मल निवासमा शुभकामना कार्यक्रम आयोजना गरिएको शाहका स्वकीय सचिव फणि पाठकले जनाएका छन् । 
 
०६२÷६३ को आन्दोलनसम्म पूर्व राजाको जन्मोत्सवमा विशेष उल्लास हुने गर्दथ्यो । त्यसपछि भने राजावादीहरु निर्मल निवासमा जान थालेका छन् । 
 
पूर्व राजाको जन्मोत्सव पारेर राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान, स्थानीयविकास एवं परराष्ट्र मन्त्री कमल थापाले ट्वीटरमार्फत शुभकामना दिएका थिए । उनले ट्वीटरमा पूर्व भन्ने शब्द अगाडि भुन्ड्याए पनि बाँकी काटिएका सम्वोधनका शब्द भने पूरै राखेका थिए । 
 
राप्रपा नेपाल गणतान्त्रिक मुलुकको सरकारमा सहभागी भए पनि राजतन्त्रको अडानलाई अझै कायमै राख्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ