arrow

काँग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो – चिकित्सक

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
finnnn.jpg.jpeg
काठमाडौं । राजधानीको ओम अस्पतालको भेन्टिलेटरमा रहेर उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन् । गत मंगलबार साँझ उपचारका लागि अस्पतालमा भर्ना भएका डा. कोइरालाको स्वास्थ्यमा एक्कासी खरावी आएपछि बुधबार बिहान गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
 
बुधबार साँझ सामान्य सुधारको संकेत आएको बताएका चिकित्सकले आज गरेको पत्रकार सम्मेलनमा अपेक्षाकृत सुधार भएको जनाएका हुन् । भेन्टिलेटरमा राखेको २४ घण्टा पछिमात्र डा कोइरालाको स्वास्थ्यमा सुधार भएको उपचारमा संलग्न चिकित्सहरुले जनाएका छन्।
 
 २४ घण्टासम्म पर्ख र हेरको अवस्थामा रहेका डाक्टरहरुले कोइरालाको स्वास्थ्यमा आएको सुधारलाई सकारात्मक रुपमा लिएका छन्। चिकित्सकहरुले डा. कोइरालाको रक्तचाप सामान्यतर्फ उन्मुख भएको बताएका छन्। उपचारमा संलग्न चिकित्सकहरुले विहान उनलाई वोलाउँदा आँखा खोलेको, टाउको उठाउने प्रयास गरेको, खुट्टामा सामान्य चाल देखिएको बताएको उपचारमा संलग्न चिकित्सक डा लवनरसिंह जोशीले बताए । 
 
 डा.कोइरालालाई बोलाउँदा उनले आँखाबाट आँशुसमेत निकालेका थिए । 
 
अवस्थामा सुधार आए पनि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले तत्काल नै ठीक भइसकेको भनेर मूल्यांकन गर्न नमिल्ने भन्दै चिकित्सकले अवस्था गम्भीर तर स्थिर रहेको भन्नुपर्ने बताए । 
 
सामान्य अवस्थामा ४८ घण्टाको समय ‘पर्ख र हेर’को स्थिति भएकाले २४ घण्टाको मूल्यांकन गर्दा भने अपेक्षाकृत सुधार आएको निष्कर्षमा चिकित्सकको टोली पुगेको हो । १५ जना विशेषज्ञ चिकित्सकको टोलीले विशेष ध्यानका साथ डा. कोइरालाको उपचार गरिरहेको छ । टोलीले भारतको एपोलो अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकहरुसंग भिडियो कन्फ्रेन्ससमेत भएको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ