arrow

डा. शशांकको स्थास्थ्यलाभको कामना गर्दै ११ बटुकद्वारा स्वस्तिशान्ति

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
Batuk_OM.jpg.jpeg
काठमाडौं । झण्डै ३० घण्टादेखि काठमाडौंको ओम अस्पतालको भेन्टिलेटरमा उपचार गराईरहेका नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ११ जना बटुकहरूले स्वस्तिशान्ति सुरू गरेका छन् । ओमअस्पताल परिसरमा रहेको शिव मन्दिरमा अहिले पनि ती बटुकहरूले पूजाआजा गर्दै उनको शीघ्र स्थास्थ्यलाभको कामना गरिरहेका छन् । 
 
उनीहरूले डा. शसांकको स्वास्थ्यलाभको कामना गर्नको लागि पशुपतिनाथको पनि प्रार्थना गरिरहेका छन् । २४ घण्टासम्म पर्ख र हेरको अवस्थामा रहेका डाक्टरहरुले कोइरालाको स्वास्थ्यमा आएको सुधारलाई सकारात्मक रुपमा लिएका छन्। चिकित्सकहरुले डा. कोइरालाको रक्तचाप सामान्यतर्फ उन्मुख भएको बताएका छन्। उपचारमा संलग्न चिकित्सकहरुले विहान उनलाई वोलाउँदा आँखा खोलेको, टाउको उठाउने प्रयास गरेको, खुट्टामा सामान्य चाल देखिएको बताएको उपचारमा संलग्न चिकित्सक डा लवनरसिंह जोशीले बताए । 
 
डा.कोइरालालाई बोलाउँदा उनले आँखाबाट आँशुसमेत निकालेका थिए । अहिले डा. कोइरालाको स्वस्थ् अवस्थामा सुधार आए पनि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले तत्काल नै ठीक भइसकेको भनेर मूल्यांकन गर्न नमिल्ने भन्दै चिकित्सकले अवस्था गम्भीर तर स्थिर रहेको भन्नुपर्ने बताइरहेका छन् ।  
 
सामान्य अवस्थामा ४८ घण्टाको समय ‘पर्ख र हेर’को स्थिति भएकाले २४ घण्टाको मूल्यांकन गर्दा भने अपेक्षाकृत सुधार आएको निष्कर्षमा चिकित्सकको टोली पुगेको हो । १५ जना विशेषज्ञ चिकित्सकको टोलीले विशेष ध्यानका साथ डा. कोइरालाको उपचार गरिरहेको छ । टोलीले भारतको एपोलो अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकहरुसंग भिडियो कन्फ्रेन्ससमेत भएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ