arrow

बझाङमा स्काभेटरमा आगो लगाइयो, सडक निर्माण अलपत्र

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ असार २३ बिहिबार
bajhangscavetor1.jpg.jpeg
बझाङ । जिल्लाको पाराकाटने गाविसको महेन्द्रधार नजिकै चैनपुर दिपायल सडक खण्डको सडक र्निमाण गरि रहेको बा २ १७५७ नम्बरको स्काभेटर (डोजर) मेसीनमा सोमबार राती आगजनी गरिइएको छ । सो आगजनी  पश्चात उक्त सडको निर्माण कार्य अलपत्र परेको छ । जिल्लाकै चर्चामा रहेको तथा गौरबको आयोजनाका रुपमा लिईने चैनपुर दिपायल सडक खण्डमा स्काईभेटर जलाए पछि निर्माण कार्यमा रोकिएको हो ।
 
आगलागी वाट स्काभेटर पुर्ण रुपमा क्षती भएको छ भने सडक मै राखेको १८ डा«म डिजेल तथा तिन हजार नौ सय साठी लिटर डिजेलमा समेत अज्ञात समुहले आगजनी  गरेको साईड ईन्चार्ज अर्जुन रोकायाले बताए । त्यस्तै २० लिटर हाईड्रोलीक र २० लिटर मोविल समेत जलेको उनले जानकारी दिए ।
 
साईड ईन्चार्ज अर्जुन रोकायाले भने,' काम गरेर साँझ हामी डेरा तर्फ आयौ । विहान जाँदा मेसीन सहित सवै जलेर नष्ट भएका थिए।' स्काइभेटर र डिजेल सहित करिब १ करोड २५ लाख जती क्षेति भएको साइड ईन्चार्ज रोकायाले जनाए ।
 
बा २ फ १७५७ नम्बरको द क्याराभान कन्सक्सन कम्पनीको स्काभेटर कामै नलाग्ने गरी जलेर नष्ट भएको चैनपुर दिपायल सडकको निर्माण कार्य रोकिएको छ  । सुदुरपश्चिमको क्षेत्रिय सदरमुकाम दिपायल जोड्नका लागी एसियाली विकास बैङ को आर्थिक सहयोगमा जिल्ला विकास समिति ग्रामिण पुर्वाधार तथा जिविको पार्जन कार्यक्रम( डिलिप ) परियोजना वाट गत वर्ष देखी खोली दंगाजी क्षेत्रमा सडक काट्ने काम भइरहेको छ ।
उक्त क्षेत्रमा बज्रगुरु खड्का किस्न जेभी ले केहि कडा स्थानमा ठेक्का लिएर सडक काट्न मेसीनले  काम गर्दै आएको थियो । यसै भदौ २० गते सम्म थलाराको खोलीमा सम्म सडक पुर्याउन द्रुत गतीले निर्माण कार्य गरि रहेको ठेकेदारले कम्पनीले स्काईभेटर नै जलाए पछि निर्माण कार्य ठेकेदार कम्पनीले रोकेको हो ।
 
जिल्ला विकास समिति ग्रामिण पुर्वाधार तथा जिविको पार्जन कार्यक्रम( डिलिप )का ईन्जिनियर गोरख जोशीले यसरी एक्कासी डोजर जलाएको खबर संगै ठेकेदार कम्पनीले काम गर्न नसक्ने औपचारिक पत्र कार्यालयमा पठाएपछि निर्माण कार्य रोकिएको बताए । उनले डोजर जलाउनु गम्भिर अपराध भएको बताउदै केही दिनमा सरोकारबाला पक्षहरु सँग बसी निर्माण कार्यका बारेमा छलफल गरि निस्कर्ष निकाल्ने बताए।
 
स्काइभेटरमा आगलागी भएको खवर पाए पछि थलारा ईलाका र जिल्लावाट प्रहरीको टोली घटना स्थलमा पुगेको छ । मेसीन साथै डिजेल सडक खण्डको एकान्त जंगल क्षेत्रमा भएकाले बढी क्षेती भएको देखीन्छ  प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार संकास्पद सवै ठाँउमा अनुसन्धान भैरहेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ