arrow

फ्रान्सलाई घरेलु मैदानमा जर्मनीको चुनौती

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
Euro_Griezman.jpg.jpeg
काठमाडौं। युरो २०१६को दोस्रो सेमिफाइनलमा आयोजक फ्रान्स र जर्मनी आमने सामने हुँदैछन्। नेपाली समय अनुसार शुक्रबार बिहान १२:४५ बजे दोस्रो सेमिफाईनल खेल हुनेछ। 
 
जर्मनी र फ्रान्सको बिजताले फाईनलमा पोर्चुगलको समाना गर्ने छ। पहिलो सेमीफाईनलमा पोर्चुगलले वेल्सलाई २-० गोलले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरिसकेको छ। 
 
घरेलु मैदान र समर्थन प्राप्त फ्रान्सेली टोलिलाई पाखा लगाउन जर्मनीलाई हम्मे पर्नेछ। तर जर्मनीको लय हेर्दा फ्रान्सलाई गाह्रो पर्ने देखिए पनि आफ्नो घरमा फ्रान्स जहिले बलियो टोलिका रुपमा उपस्थित हुने गर्दछ। 
 
विश्वकप २०१४को बिजेता जर्मनीले उक्त विश्वकपको सेमिफाइनलमा ब्राजिललाई ७-१ गोलले पराजित गरेको थियो। उक्त विश्वकप पछि ठूलो प्रतियोगिताको सेमिफाइनल खेलिरहेको जर्मनीले त्यस्तै नतिजा निकाल्न सक्ला त ? 
 
क्वार्टरफाइनलमा जर्मनीले ईटलीलाई टाईब्रेकरमा पराजित गरेको थियो भने फ्रान्सले आईसल्याण्डलाई ५-२ गोलले पराजित गरेको थियो। 
 
फ्रान्ससँगको खेलमा जर्मनी म्याट्स ह्युमेल्स, समी खेदिरा र मारियो गोमेज बिना मैदानमा ओर्लने छ। नियमित रुपमा टोलीबाट खेलिरहेका खेलाडीहरु नहुँदा जर्मनीलाई केहि अफ्ठ्यारो पर्ने निश्चित छ। ह्युमेल्सलाई १ खेलको प्रतिबन्ध लागेको छ भने खेदिरा र गोमेजघाइते रहेका छन्। 
 
उता फ्रान्समा सबै खेलाडी उपलब्ध रहेका छन्। फ्रान्स अन्तिम पटक सन् २००६को विश्वकपको सेमिफाइनलमा पुगेको थियो। फ्रान्सका अग्रपंक्तिका खेलाडीहरु राम्रो लयमा रहेका छन्। एन्टोनी ग्रिजमयानले युरो २०१६मा ४ गोल गर्दै सार्वधिक गोल गर्ने खेलाडी रहेका छन् भने ओलिभर जिराउ र डिमिट्री पाएटले ३-३ गोल गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ