arrow

कालीमाटी व्यवस्थित गर्न अभियान सञ्चालन हुँदै, पहिलो चरणमा ५० स्टल हटाउने तयारी

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
kalimati-vegetable-market.jpg.jpeg
काठमाडौं। कालीमाटी तरकारी तथा फलफूल बजारमा रहेका ५० भन्दा बढी अव्यवस्थित तरकारी व्यवसायीहरूलाई सरकारले हटाउने तयारी गरेको छ। देशकै सबैभन्दा ठूलो तरकारी बजारको रूपमा रहेको कालीमाटीमा अव्यवस्था बढेको भन्ने गुनासो बढेपछि यस्ता अव्यवस्थित र दर्ता नभई सञ्चालन गरेका तरकारी व्यवसायीहरूलाई हटाउने तयारी भईरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ। 
 
समितिले यसको सबैतिर निर्माण गर्नबाकी रहेको संरचनाको निर्माण कार्य भईरहेको भन्दै सफ र व्यवस्थित गराउनको लागि दर्ता नभई सञ्चालनमा रहेका ५० वटा भन्दा बढी पसल हटाउँदै सर्वापरी रूपमा व्यवस्थित बनाउने तयारीमा समिति रहेको समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए।
 
काफ्लेका अनुसार यस्ता व्यापारीहरूलाई हटाउन र व्यवस्थित गर्नको लागि समितिले अभियानकै रूपमा कार्य सञ्चालन गर्ने तयारी गरिरहेको छ। ‘हामीले हिजो आजदेखि नै पत्रकार सम्मेलन गरेर अभियान सञ्ञ्चालन गर्ने तयारी गरेका थियौं तर मन्त्रालयले तयारी नपुगेको भन्दै १५ दिन ढिलाई गर्न निर्देशन दिएको कारणले यो अभियान १५ दिन पछि धकेलिएको छ।’ उनले भने ‘यस अभियान सञ्चालनको पहिलो चरणमा ५० जना भन्दा बढी रहेको दर्ता नगरेका व्यसायीहरूलाई हटाउने तयारी गरेका छौं।’
 
यसरी व्यवसायी हटाउन कत्तिको सहज होला ? भन्ने प्रश्नमा कार्यकारी निर्देशक पौडेलले अवरोधको सम्भावना रहेका पक्षसँग पनि आफूहरूले छलफल गरिरहेको भन्दै अवरोधको सम्भावना नरहेको पनि स्पष्ट पारेका छन्।
 
कूल ४५ रोपनी क्षेत्रफलमा फैलिएको सो बजारमा झण्डै ६ सय वटा तर्फ भएका व्यावसायिक स्टलहरू रहेको समितिले जनाएको छ। जसबाट वार्षिक ६ करोडसम्म आम्दानी हुँदै आएको पनि समितिले जनाएको छ । तर फोहोर र अव्यवस्था बढी रहेको आरोप समिति माथि लाग्दै आएको छ। यसै विषयमा आपूर्ति मन्त्री गणेशमान पुनले आकस्मिक अनुगमन गरी यसको सुधारको लागि केही निर्देशन समेत दिएर गएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ