arrow

महामन्त्री शशाङ्कलाई भेन्टिलेटरबाट चाँडै बाहिर ल्याउँछौं : डा.श्रेष्ठ

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
Sashanka-koirala.jpg.jpeg
काठमाडौं । काँग्रेस महामन्त्री डा.शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार आएसंगै चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकाल्ने प्रयत्न गरिरहेका छन् । 
 
चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा निकै सुधार आएको तर अवस्था क्रिटिकल रहेको छ । चावहिलस्थित ओम हस्पिटलका चिकित्सक हरिकिशोर श्रेष्ठले भेन्टिलेटरबाट बाहिर ननिकाले सम्म खतरामुक्त भन्न नमिल्ने बताउँदै आफुहरु जति सक्दो चाँडो भेन्टिलेटरबाट बाहिर निकाल्ने अभ्यासमा रहेको बताए ।
 
उनले भने, ‘हामीले औषधिको मात्रा निकै घटाइसकेका छौं । उहाँले बोलाउँदा सुन्नु हुन्छ, राम्ररी रेस्पोन्स गरिरहनु भएको छ । तुलनात्मक रुपमा निकै सुधार भएपनि भेन्टिलेटरमै भएकाले अवस्था खतरामुक्त भन्न मिल्दैन ।’ हामी बेलुकी अर्थात् शुक्रबार विहानसम्म भेन्टिलेटरबाट बाहिर निकाल्ने छौं । एकै पटक भेन्टिलेटरबाट निकाल्न मिल्दैन, चिकित्सक श्रेष्ठले थपे, ‘यो उपचार संवेदनशील हुन्छ ।’  
 
यसअघि, विहान भएको पत्रकार सम्मेलनमा समेत चिकित्सक लवनरसिंह जोशीले भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै यही अवस्था रहिरहे एक दुई दिनमा पुनःस्वस्थ अवस्थामा फर्कने बताएका थिए । मल्टिअर्गान डिस्फङ्सन भएको बताएका जोशीले पत्रकार सम्मेलनमा समेत सोही कुरा दोहोर्याउँदै यसलाई मल्टिअर्गान डिस्फेलियरको रुपमा बुझ्न नहुने प्रष्ट्याए । पिसाव समेत सामान्य रुपमा भइरहेको छ । फोक्सोको निमोनियाको उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ