arrow

तीन उपप्रधानमन्त्री कोरला नाकामा

logo
निर्मल खत्री,
प्रकाशित २०७३ असार २३ बिहिबार
minister-mustang-1.gif.gif
म्याग्दी। चीनसंग सीमा जोडिएको कोरला नाकाको अवलोकन र बस्तुस्थिति अध्ययन गर्न तीनजना उपप्रधानमन्त्री सहितको सरकारी टोली बिहीबार सीमा क्षेत्र पुगेका छन्।
 
उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, भीम रावल, टोपबहादुर रायमाझी, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, अर्थराज्यमन्त्री दामोदर भण्डारी, सडक विभागका महानिर्देशक माधब कार्की, रक्षा सचिब महेश दाहाल, मुस्ताङका सांसद श्रीमायाँ थकाली, महेन्द्र शेरचन र रोमी गौचन सहितको टोली सडक मार्ग हुदै कोरला नाका लागेका हुन्।
 
टोलीले चीनसंग व्यापारीक कारोबारका लागि सहज मानिएको कोरला नाकासम्मको पहुँच मार्ग, सुरक्षा व्यवस्था, भन्सार कार्यालयको व्यवस्थापन र स्थानीयबासीसंग छलफल गर्नेछ। सरकारले नाकामा कारोबारका लागि स्थापना गरेको नेचुङ भन्सार आवश्यक भौतिक पूर्वाधारको अभावमा सदरमुकाम जोमसोमबाट सञ्चालन हुदै आएको छ। टोलीले लोमान्थाङ क्षेत्रमा नेपाली सेनाको क्याम्प स्थापनाका लागि आवश्यक जग्गा छनौट गर्नुका साथै सुरक्षाको अन्य प्रबन्ध समेत मिलाउने बुझिएको छ। त्यसका लागि भीमदल गण जोमसोमका गणपति अर्जुन बस्नेत बुधबार नै लोमान्थाङ पुगेका छन्। 
 
प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाका सम्म पुग्नका लागि सडकको अवलोकन, सुरक्षा र भन्सारका दीर्घकालीन व्यवस्थापन नै भ्रमणको मूख्य उद्देश्य भएको बताए। अहिले ९३ किलोमिटर जोमसोम–कोरला सडकको स्तरोन्नतिको काम भईरहेको छ। टोली बिहीबार नै सदरमुकाम फर्कन जनाईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ