arrow

सुकम्बासी आयोग गठन गरेर समस्या समाधान गर्न माग

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
sukumbasi1.jpg.jpeg
काठमाडौ। अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ र सुकुम्बासी संयूक्त संघर्ष समितिले तत्काल सुकुम्बासी समस्या समाधान आयोग गठन गरे मुलुकभरीका सुकुम्बासीहरुको समस्या समाधान गर्नु पर्ने माग गरेका छन । 
 
सर्लाहीका सुकुम्बासीहरुले लगाएको बाली नष्ट गरे उनीहरुमाथि बल प्रयोग गरेको प्रति आपत्ति प्रकट गर्दै तत्काल आयोग गठन गरेर बास्तविक सुकुम्बासीको पहिचान गरी समस्या समाधान गर्ने तर्फ अघि बढ्न सरकारसँग माग गरेका हुन । 
 
बिहीबार आयोजित पत्रकार सम्मेलनमा  संघकी सचिव सन्ध्या प्रधानले सर्लाही घटना निन्दनीय भएको दावी गर्दै घटनामा घाईते भएकाको उपचार, सुकुम्बासी किसानलाई क्षतिपूर्ति दिन माग गरिन् । समितिका अध्यक्ष लड्डु खड्काले सुकुम्बासी जनतालाई राज्यले न्याय दिनुको साटो उल्टै आहात दिएको भन्दै यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ