arrow

अमेरिकामा चम्किए रत्नजित, ग्राँपी ब्याडमिन्टनको अन्तिम १६ मा

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
Ratnajit-Tamang-new-pic.jpg.jpeg
काठमाडौं । नेपाल नम्बर एक रत्नजित तामाङ अमेरिकाको क्यालिफोर्नियामा जारी योनेक्स युएस ओपन ग्राँपी ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष सिंगल्समा प्रिक्वाटरफाइनलमा पुगेका छन् । 
 
पहिलो चरणमा जापानी खेलाडीबाट वाकओभर पाएका रत्नजितले दोश्रोमा चरणमा ग्वाटेमालाका खेलाडीलाई १८–२१, २१–१५ र २१–८ को सेटमा पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । 
 
प्रि–क्वाटरफाइनल प्रवेश गरेसंगै रत्नजितले कम्तीमा ७ सय ५० युएस डलर नगद पुरस्कार पक्का गरेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जनाएका छन् ।
 
अब प्रिक्वाटरफाइनलमा रत्नजितले इज्रायली खेलाडी विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल जिते उनले २ हजार युएस डलस प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २० हजार युएस डलर रहेको छ ।
 
पुरुष डबल्समा भने नेपाली जोडी पराजित भएको छ । रत्नजितले विकास श्रेष्ठ मिलेर प्रतिस्पर्धा गरेका थिए । उनीहरु क्यानाडाका जोडीसंग २१–१२ र २३–२१ ले हारे । युएस ओपनमा नेपालले आठ वर्षपछि सहभागिता जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ