arrow

डा सशांकलाई भेन्टीलेटरबाट निकालियो

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
Sashanka-koirala.jpg.jpeg
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको भेन्टिलेटरबाट केहीबेर अघि बाहिर निकालिएको छ। मेकानिकल लाइफ सपोर्ट सिस्टममा रहेका डा शशांकलाई भेन्टिलेटरबाट निकालिएको हो। भाइलाई भेन्टीलेटरबाट बाहिर निकालेपछि दाइ डा शेखर कोइराला खुसी हुँदै बाहिर निस्किएका छन्। उनले त्यो खुसी परिवारका सदस्यहरु र पार्टीका नेता कार्यकर्ताहरुसँग बाँडेका थिए।
 
महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा निकै सुधार आएपछि उनलाई भेन्टीलेटरबाट बाहिर निकालिएको चावहिलस्थित ओम हस्पिटलका चिकित्सक हरिकिशोर श्रेष्ठले बताए। भेन्टिलेटरबाट बाहिर ननिकाले सम्म खतरामुक्त भन्न नमिल्ने बताउँदै आफुहरु जति सक्दो चाँडो भेन्टिलेटरबाट बाहिर निकाल्ने प्रक्रियामा रहेको उनले हाम्राकुरालाई केहि समय अघी बताएका थिए।
 
उनको उपचारमा संलग्न चिकित्सकहरुको टीमको परामर्शपछि उनलाई भेन्टीलेटरबाट निकालिएको हो। श्रेष्ठले भने, ‘हामीले औषधिको मात्रा निकै घटाइसकेका छौं। उहाँले बोलाउँदा सुन्नु हुन्छ, राम्ररी रेस्पोन्स गरिरहनु भएको छ। तुलनात्मक रुपमा निकै सुधार भएको छ।’ उनले आजै बेलुकी अर्थात् शुक्रबार विहानसम्म भेन्टिलेटरबाट बाहिर निकाल्ने बताएका थिए।   
 
यसअघि, विहान भएको पत्रकार सम्मेलनमा समेत चिकित्सक लवनरसिंह जोशीले भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै यही अवस्था रहिरहे एक दुई दिनमा पुनःस्वस्थ अवस्थामा फर्कने बताएका थिए। मल्टिअर्गान डिस्फङ्सन भएको बताएका जोशीले पत्रकार सम्मेलनमा समेत सोही कुरा दोहोर्याउँदै यसलाई मल्टिअर्गान डिस्फेलियरको रुपमा बुझ्न नहुने प्रष्ट्याएका थिए। पिसाव समेत सामान्य रुपमा भइरहेको छ। फोक्सोको निमोनियाको उपचार भइरहेको छ उनले जानकारी गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ