arrow

झलनाथ चीन पुगेकोबारे पार्टीलाई जानकारी छैन, ‘नैतिकता तोडे’

प्रोटोकल लाग्दैन ? ‘त्यो त उहाँले नै जान्ने कुरा हो’

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
jhala-nath-khanal.jpg.jpeg
काठमाडौं । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन भ्रमणका क्रममा छन् । 
 
तर खनाल भ्रमणमा गएकोबारे पार्टी केन्द्रीय कार्यालयलाई जानकारी छैन । हामीले खनाल चीन पुगिसकेपछि थाहा पायौं । उहाँले कुनै जानकारी गराउनु भएन । विशुद्ध व्यक्तिगत भ्रमण भएकाले पनि होला पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले हाम्राकुरासंग भने, ‘उहाँको उपचार भ्रमण रहेछ । छोरा र धर्मपत्नी संगै जानु भएको छ ।’ थाइराडको उपचारका लागि जानु भएको भन्ने सुनेको छु । सामान्यतः पार्टीको सिनियर लिडर तथा पूर्व प्रधानमन्त्री भएकाले जानकारी गराउनु पर्ने थियो । व्यक्तिगत भ्रमण भएपनि सामान्यतः जानकारी गराउनु पर्दछ भन्ने छ । 
 
कति दिन बस्ने कहिले फर्किने भन्ने जानकारी आफुहरुलाई नभएको उनले बताए । श्रेष्ठले भने, ‘पार्टीको सिनियर लिडर बाहिर जाँदा जानकारी सम्म दिने चलन छ । अर्कोतिर माधव नेपालको नेतृत्वमा परराष्ट्र विभाग बनेको पनि छ । नभए त्यहाँ सम्म जानकारी गराउन सकिन्छ ।’ जहाँबाट निम्तो आएपनि सचिवालयको बैठक बसेर कस्लाई पठाउने भन्नेबारे निर्णय हुन्छ, श्रेष्ठले थपे, ‘कहिलेकाँकी व्यक्तिगत रिलेशनका आधारमा निम्तो पनि आउने गरेको छ । तर, झलनाथ खनाल विशुद्ध पारिवारीक भ्रमणमा जानु भएको हो ।’ 
 
तर उहाँ औपचारिक कार्यक्रम तथा भेटघाटमा सरिक हुनु भो नी ? जवाफमा उनले भने, ‘कुनै एक राजनीतिक व्यक्ति जहाँ गएपनि चुप लागेर वा हात बाँधेर बस्दैन । राजनीतिक व्यक्तिको भेटघाट हुनु स्वभाविक हो ।’ यद्यपि, खनाल बेइजिङस्थित इनर मंगोलियन विश्वविद्यालयको निमन्त्रणामा एक साताका लागि त्यसतर्फ प्रस्थान गरेका बुझिएको छ । 
 
खनालले भ्रमणको शिलशीलामा चिनिया कम्युनिष्ट पार्टीका उच्च नेताहरुसंग पनि भेटघाट गरेका छन् । उहाँ पूर्वप्रधानमन्त्री र पार्टीको वष्ठि नेता प्रोटोकल लाग्दैन ? जवाफमा श्रेष्ठले भने, ‘त्यो त उहाँले व्यक्तिगत रुपमा जान्ने कुरा हो । तर पनि चिनियाँ कम्युनिष्ठ पार्टीले सम्मानसाथ उहाँलाई राख्ने हाम्रो विश्वास छ ।’ श्रेष्ठले भ्रमणमा जाँदा कुनै पनि पार्टीका विशिष्ट व्यक्ति वा पदाधिकारीले आर्थिक लाभ हुने खालको भए २५ प्रतिशत रकम पार्टीलाई बुझाउनु पर्ने प्रावधान रहेको समेत सुनाए । यस्तै, पूर्व विशिष्टहरुले सामान्यतः परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराउनु पर्ने व्यवस्था छ । 
 
भ्रमणका क्रममा खनाल चीनको प्रसिद्ध सांस्कृतिक संस्था सिआइसीसीले आयोजना गर्ने विचार गोष्ठीमा पनि सहभागी हुने कार्यक्रम छ । धर्मपत्नी रवीलक्ष्मी र छोरा निर्भिकसंग चीन पुगेका खनाल असार २८ गते स्वदेश फर्कने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ