arrow

डा. शशांकको स्वास्थ्यमा चामत्कारिक सुधार

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
sssssssssssssssss.JPG.jpeg
काठमाडौं । कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वाथ्यमा चामत्कारिक सुधार भएको छ । 
 
यो चामत्कारिक सुधार हो । हामीलाई यति चाँडै सुधार हुन्छ भन्ने लागेको थिएन । सबै चिकित्सकको प्रयासले सम्भव भयो । वुधबार हामीलाई कसरी बचाउने भन्न पीर थियो । यति चाँडै सुधार होला र भेन्टिलेशनबाट बाहिर निकाल्ने अवस्था आउला भन्ने सोचेका थिएनौं । ओम हस्पिटलका चिकित्सक लवनरसिंह जोशीले विस्तारमा भने । 
 
आइसीयुमा राखिएकाले अझै उहाँ खतरामुक्त भने भइसक्नु भो भन्न सक्दैनौं, जोशीले भने, ‘भेन्टिलेशनबाट बाहिर निकालेको ३ घण्टा निकै निग्रानीमा राख्नु पर्ने हुन्छ । आइसीयुबाट हटेपछि उहाँ खतरामुक्त हुनु भो भन्न सक्छौं ।’ भेन्टिलेशनमा ‘फाइट’ गर्दा उहाँले नै अब हटाइदिए हुन्थ्यो भन्नु भएपछि हामीले बाहिर निकाल्न सक्यौं । यति चाँडै यस्तो सुधार होला भन्ने कल्पना थिएन । 
 
कोइरालालाई अब भेन्टिलेशनमा फर्काउनुपर्ने अवस्था नआउने चिकित्सकहरुको विश्वास छ । चिकित्सकहरुले मेसिनको जरुरत छैन भनेपनि कोइरालाको अक्सिजन माक्स हटाइएको छैन । रक्तचाप १२०÷८० (सामान्य) को अवस्थामा छ । कोइराला अहिले आफै सोच्न सक्ने, सबैको कुरा सुन्ने, प्रतिक्रिया जनाउने भएपनि बोल्न सकेको छैनन् । चिकित्सक जोशीले पूर्ण होसको अवस्थामा रहेको बताएका छन् । उृनले भने, ‘उलपावर राम्रो छ, भोली यसरी अवस्था सुधार हुँदै गए शुक्रबार सिटीस्क्यान गर्नु पर्ने हुन्छ ।’   
 
मेकानिकल लाइफ सपोर्ट सिस्टममा रहेका डा. शशांकलाई दिउँसो भेन्टिलेटरबाट निकालिएको थियो । भाइलाई भेन्टीलेटरबाट बाहिर निकालेपछि दाई डा.शेखर कोइराला खुसी हुँदै बाहिर निस्किए र उनले त्यो खुसी परिवारका सदस्यहरु र पार्टीका नेता कार्यकर्ताहरुसँग बाँडेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ