काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औँ जन्मोत्सव आज निर्मल निवासमा मनाइएको छ। विभिन्न सामाजिक तथा सांस्कृतिक सङ्घसंस्थाको समन्वयमा भएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेपालका उपाध्यक्ष टङ्क ढकाल, प्रवक्ता राजाराम श्रेष्ठले शाहलाई निवास पुगेर बधाई तथा शुभकामना दिए।
शाहलाई शुभकामना दिनका लागि समाजका विभिन्न क्षेत्रका प्रतिनिधि तथा बुद्धिजीवी, कलाकार, पत्रकार, लेखक, युवायुवती लगायतको सहभागिता थियो।