arrow

माओवादी केन्द्रले महाधिवेशन मिति तोक्यो, के–के गर्दैछ (निर्णयसहित)

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
maobadi-kendra-new-FNL.jpg.jpeg
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले आगामी पुस २३ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । 
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पोलिटब्युरोको बैठकले पुसमा पार्टीको आठौँ महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । एकीकृत नेकपा(माओवादी), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा(माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत विभिन्न दश वटा माओवादी घटक तथा समूहको एकतापछि गठन भएको माओवादी केन्द्रले महाधिवेशनको मिति तय गरेको हो । 
 
माओवादी केन्द्रका नेता दीनानाथ शर्माकाअनुसार भदौ महिनाभरमा सबै गाउँ सम्मेलन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । शर्माका अनुसार असोज महिनाभरी नगर तथा जिल्ला सम्मेलन सम्पन्न गरिनेछ भने मङ्सिर महिनाभरमा सबै प्रदेश सम्मेलन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको हो । 
 
राष्ट्रिय सहमतिको सरकारको विषयमा धारणा राख्दै आएको केन्द्रको पोलिटब्युरोको बैठकले कुनै पनि ठोस निर्णय भने गरेको छैन । सो सम्बन्धमा आवश्यक निर्णय लिन पार्टीको केन्द्रीय कार्यालयलाई जिम्मा दिइएको छ । बैठकमा नेता वर्षमान पुनले प्रस्तुत गरेको सङ्गठनात्मक प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरिएको नेता शर्माले जानकारी दिए । 
 
बैठकको निर्णय 
१. संगठन र निर्वाचन प्रणालीबारे कार्यदलले दिएको कार्यविधिको छलफलमा आएका सुझावलाई केन्द्रीय कार्यालयले परिर्माजन गर्ने र आगामी भदौ २ गते बस्ने केन्द्रीय आयोजक समितिको बैठकले पारित गरी कार्यान्वयनमा जाने ।
२. केन्द्रीय कार्यालयले पहिला नै प्रस्ताव गरेको सम्मेलन सम्बन्धी निम्न कार्यतालिका अनुमोदन गर्यो –
– पार्टी, मोर्चा र जबसको तल्लो तहसम्मको एकता प्रक्रिया साउन महिना भरीमा पुरा गर्ने ।
– पार्टी सदस्यता नविकरण, अभिलेखिकरण भदौ महिनामा भरमा गर्ने ।
– वडा, गाउँ र नगरपालीकाको सम्मेलन असोज महिनाभरमा सम्पन्न गर्ने ।
– जिल्ला सम्मेलन कार्तिक महिनामा सम्पन्न गर्ने ।
– प्रदेश सम्मेलन मंसिर महिना भरीमा सम्पन्न गर्ने ।
३. आगामी महाधिवेशन पुस २३ गतेदेखि २८ गतेसम्म काठमाडौंमा गर्ने ।
४. देशमा विभिन्न भुभागमा वर्षाकका कारण भएको बाढी पहिरोमा परेका जनताको उद्धार राहतलाई तिव्र पार्न सरकारसित माग गर्ने –
– स्थानीय पार्टीलाई पंक्तिलाई राहत र उद्धारमा लाग्न निर्देशन दिने ।
– बैठकले बाढी पहिरोमा परी मृत्यु हुनेप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्यो ।
५. भुकम्प प्रभावितहरुलाई दिने राहत र पुनर्निमाणको कामलाईब तिव्रता दिन सरकारसित माग गर्ने ।
६. नेकपा (एमाले) सित विगतमा भएका सरकार सम्बन्धी सहमति र समझदारीलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न छलफल गर्ने ।
शान्ति प्रक्रिया सम्बन्ध विषय, पुनर्निमाण, आन्दोलनरत मधेशी, थारु र जनजाति जनताका सकारात्मक माग सम्बोधन गर्न र विभिन्न तहका निर्वाचन सम्पन्न गर्न राष्ट्रिय राजनीतिक सहमति र सहमतिको सरकार जरुरी भएको निष्कर्षमा पार्टी पुगेको तथा त्यसको पहलकदमी पार्टीले लिने निर्णय गर्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ