arrow

शशांकले पार्टी सभापति देउवालाई आइसीयुमै फर्काए जय नेपाल

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
Sashanka-koirala.jpg.jpeg
काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको अवस्था बुझ्न ओम हस्पिटल पुगेका पार्टी सभापति शेरबहादुर देउवालाई डा. कोइरालाले आइसीयुमै जय नेपाल फर्काएका छन् । साँझ ७ बजेपछि हस्पिटल पुगेका सभापति देउवाले आइसीयुमा भेटेर बाहिर आएपछि सभेच्छुकहरुसँग कुरा गर्दै आफुले कस्तो छ भनेर सोध्दा ‘दुई हात जोडेर’ जय नेपाल फर्काएको सुनाए । 
 
डा. कोइरालाको मुखमा अक्सिजन माक्स भएकाले प्रतिक्रिया दिन सकेनन् । तर दुई हात जोडेर जय नेपाल फर्काएको देउवाले हाम्राकुरालाई–भने । देउवाले भेट्नु केहीबेर अघि मात्रै चिकित्सकहरुले कोइरालाको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । उनको अवस्था निकै सुधार भएको बताइएपनि अझै आइसीयुमा रहेकाले खतरामुक्त भन्न नमिल्ने चिकित्सकहरुको भनाई छ । 
 
कोइरालालाई अब भेन्टिलेटरमा फर्काउनुपर्ने अवस्था नआउने चिकित्सकहरुको विश्वास छ । चिकित्सकहरुले मेसिनको जरुरत छैन भनेपनि कोइरालाको अक्सिजन माक्स हटाइएको छैन । रक्तचाप १२०/८० (सामान्य) को अवस्थामा छ । कोइराला अहिले आफै सोच्न सक्ने, सबैको कुरा सुन्ने, प्रतिक्रिया जनाउने भएपनि बोल्न सकेको छैनन् । 
 
चिकित्सक लवनरसिंह जोशीले पूर्ण होसको अवस्थामा रहेको बताएका छन् । उनले भने, ‘वीलपावर राम्रो छ, भोली यसरी अवस्था सुधार हुँदै गए शुक्रबार सिटीस्क्यान गर्नु पर्ने हुन्छ ।’मेकानिकल लाइफ सपोर्ट सिस्टममा रहेका डा. शशांकलाई दिउँसो भेन्टिलेटरबाट निकालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ