arrow

विकास बोर्डको सम्मान आचार्यलाई

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
rabin.jpg.jpeg
काठमाडौ‌ ।  अन्तराष्ट्रिय स्तरमा नेपाली चलचित्रले पाएको सफलताको मुल्याङ्कन गर्दै चलचित्र विकास बोर्डको १६ औ बार्षिक उत्सवको अवसरमा रबिन आचार्य र डाइङ्ग क्यान्डल फिल्म टिमलाइ सम्मान गरेको छ ।
 
चलचित्र 'डाइङ्ग क्यान्डल' क्विन्स वल्र्ड फिल्म फेष्टिवल न्यू योर्क मा बेष्ट फिल्म , बेष्ट एक्ट्रेसमा नोमिनेशनमा परेको थियो ।  भने  चलचित्रले उत्कृष्ट सिनेमाटोग्राफिमा अवार्ड हात पार्यो । चलचित्रका सिनेमाटोग्राफर थिए रबिन आचार्य । 
 
मास कम्यूनिकेशन बाट स्नातकोत्तर अध्ययन गरिरहेका र  ओसकार कलेजबाट सिनेमाटोग्राफि अध्ययन गरेका रबिन आचार्य यतिबेला चर्चामा छन् । उनको यो चर्चा उनले नै निर्माण गरेको चलचित्र 'डाइङ्ग क्यान्डल'  निभ्ने दियो को कारण बढिरहेको छ ।
 
नेपालकै एक मात्र आइसिटि सम्बन्धि टेलिभिजन कार्यक्रम 'इन्टर' तथा बिभिन्न चलचित्रमा क्यामेरामेन को रुपमा रबिन आचार्यले लामो समय देखि अनुभव बटुलेका छन् । चलचित्र लप्पन छप्पन मा एसोसियट सिनेमाटोग्राफर भइ काम गरि सकेका आचार्यले धुलो नामक चलचित्रमा सिनेमाटोग्राफर भइ काम गरे । चलचित्र रिलिजको तयारीमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ