arrow
ADVERTISEMENT

रसियाका कारण नेटोसँगको विश्वास गुम्यो– एन्जेला मर्केल

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
anje.jpg.jpeg
बर्लिन । जर्मन चान्सलर एन्जेला मर्केलले रसियाका कारण नेटो सेनाप्रतिको विश्वास गुम्न पुगेको आरोप लगाएकी छन् । उनले रसियाले पछिल्लो समयमा युक्रेनमा गरेको कामका कारण नेटो सेनाले विश्वास गुमाउनुपरेको धारणा राखेको समाचारमा जनाइएको छ । 
 
उनले भनिन् – रसियाले पछिल्लो समयमा युक्रेनमा जुन आफ्नो शक्ति प्रदर्शन ग¥यो यसका कारणले पश्चिमा राष्ट्रहरुसँगको विश्वासमा नै कमी आउन पुगेको छ । उनले पश्चिमा राष्ट्रहरुप्रतिले नेटोप्रतिको विश्वास गुमाउनु पर्नाको मुख्य कारण रसिया रहेको पनि बताएको समाचारमा जनाइएको छ । 
 
उनले जर्मन संसदमा बिहीबार गरेको सम्बोधनका क्रममा सो धारणा राखेको जर्मनीबाट प्राप्त समाचारमा जनाइएको छ । भनाई र गराइमा भिन्नता हुनपुग्दा यसले आगामी कार्यहरुमा पनि कममात्र विश्वास दिन सक्छ भन्दै उनले भने बमोजिमको काम नहुँदा यसले कानुनको पनि उल्लङ्घन गर्न पुग्दछ– उनको भनाई थियो । 
 
युक्रेनको क्राइमियालाई आफ्नो देशमा गाभ्ने काममा रसियाले दोहोरो भूमिका खेलेको आरोप पश्चिमा देशहरुको छ । तर रसियाले भने सोही देशका नागरिकको इच्छाबमोजिम नै सबै काम भएको भनेको छ । त्यस्तै अहिले पछिल्लो समयमा पनि युक्रेनको पूर्वी भूभागमा विद्रोह सुरु भएको छ । 
 
यहाँ पनि रसियाले नै सहयोग गरिरहेको पश्चिमा देश तथा युक्रेनले नै बताउँदै आएको छ । तर यसको पनि रसियाले खण्डन गर्ने गरेको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ