arrow

डा. कोइरालालाई अब निमोनियाको चाप, चिकित्सक भन्छन्–‘ढुक्क हुनुस् तर हामीले बोल्न मिल्दैन’

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
sssssssssssssssss.JPG.jpeg
काठमाडौं । ‘नेपाली कांग्रेस महामन्त्री डा। शशांक कोइरालाको अवस्था सामान्य बन्दै गएको छ । शरीरका सबै अंगले काम गर्न थालिसकेका छन् । फोक्सोमा इन्फेक्सन भएकाले छातीबाट इन्फेक्सन निकाल्ने काम भइरहेको छ । अब केवल समस्या निमोनियाकोमात्र हो ।’ 
कस्तो छ त डा. कोइरालालाई ? भनी हाम्राकुराको जिज्ञासामा स्वासै नफेरि बढो उत्साहका साथ कोइरालाका सहयोगी भरत तिवारीले भनेका वाक्य हुन् यी । 
 
ओम अस्पताल चाबहिलमा आइसीयुमा उपचाररत डा. कोइरालाको स्वास्थ्यमा निकै सुधार हुँदै गर्दा गत बुधबार डराइडराइ जवाफ दिइरहने तिवारी पछिल्लो सुधारले हौसिएका हुन् । राति १ः३० बजे डा. कोइरालाले तिवारीसंग भने ‘अब घरजाने होइन ?’ जबाफमा तिवारीले फर्काए ‘केही दिन बस्नुपर्छ, चिकित्सकले धेरै सुधार भएको जनाएका छन्, अब चिन्ता नगर्नुस् ।’ अनि डा. कोइरालाले ‘हुन्छ’ भने । 
 
तिवारीले राति पिसाब चुहिएकाले विस्ताराको सिट परिवर्तन गरिदिएको पनि बताए । आज बिहान पनि तिवारीले कुृराकानी गरिसके । अहिले ठीकै छ भनेछन् कोइरालाले । 
 
तिवारीले आज पनि तीन जना चिकित्सकसंग डा. कोइरालाको स्वास्थ्यबारे जानकारी लिइसके । चिकित्सकहरुको स्पष्ट भनाइ छ ‘हामीले आइसीयुमा भइरहेको बिरामीबारे मिडियालाई धेरै केही भन्नु हुँदैन तर तपाई ढुक्क हुनुस् डा. कोइरालालाई अब केही हुन्न ।’ तिबारीले चिकित्सकसंगै सोधे ‘मैले मिडियालाई के भनूँ ?’ चिकित्सकले भने ‘तपाईले सबै ठीक छ भन्दा फरक पर्दैन, हामीलेमात्र भन्न नहुने हो ।’
 
जेहोस् गत मंगलबार साँझ सामान्य पेट दुखाइमा ओम अस्पतालमा भर्ना भएका डा.कोइराला सोही राति कतिबेला बेहोस् भए पत्तो छैन । बुधबार बिहानमात्र उनलाई बेहोसीमै भेन्टिलेटरमा राखियो । बुधबार साँझ उनले बल्ल आँखा खोले । बिहीबार बिहान धेरै ठीक भइसकेको थियो । बिहीबार साँझदेखि भेन्टिलेटर हटाइयो । बिहीबार राति त डा. कोइराला घर नै जान खोजे । 
 
यसअघि बिहीबार साँझ अस्पताल पुगेका पार्टी सभापति शेरबहादुर देउवालाई डा। कोइरालाले आइसीयुमै जय नेपाल फर्काएका थिए । साँझ ७ बजेपछि अस्पताल पुगेका सभापति देउवाले आइसीयुमा भेटेर बाहिर आएपछि सभेच्चुकसंग कुरा गर्दै आफुले कस्तो छ भनेर सोध्दा ‘दुई हात जोडेर’ जय नेपाल फर्काएको सुनाए । 
 
डा। कोइरालाको मुखमा अक्सिजन माक्स भएकाले प्रतिक्रिया दिन सकेनन् । तर दुई हात जोडेर जय नेपाल फर्काएको देउवाले हाम्राकुरालाई–भने ।
 
कोइरालालाई अब भेन्टिलेशनमा फर्काउनुपर्ने अवस्था नआउने चिकित्सकहरुको विश्वास छ । चिकित्सकहरुले मेसिनको जरुरत छैन भनेपनि कोइरालाको अक्सिजन माक्स हटाइएको छैन । 
 
चिकित्सक लवनरसिंह जोशीले पूर्ण होसको अवस्थामा रहेको बताएका छन् । उनले भने, ‘उलपावर राम्रो छ, आज यसरी अवस्था सुधार हुँदै गए सिटीस्क्यान गर्नु पर्ने हुन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ