arrow

विम्बल्डन टेनिसको फाइनलमा सेरेना र केर्बर भिड्ने, पुरुष सेमिफाइनल आज

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
serena-venus.jpg.jpeg
लन्डन । विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि अमेरिकी खेलाडी सेरेना विलियम्स र जर्मनीकी खेलाडी एन्जेलिक केर्बर भिड्ने भएका छन् । छ पटककी विम्बल्डन च्याम्पियन सेरेनाले सेमिफाइनलमा रुसकी एलिना भेस्निनालाई ६–२ र ६–० को सोझो सेटमा हराउँदै नवौं पटक फाईनलमा स्थान सुरक्षित गरेकी हुन् ।
 
करियरमा २१ वटा ग्रान्डस्लाम जितिसकेकी सेरेना २२ औं उपाधिको खोजीमा छिन् ।
 
२२ पटक उपाधि जितेको खण्डमा सेरेनाले सर्वाधिक ग्रान्ड स्लाम जित्ने खेलाडीहरुको सुचीमा दोस्रो स्थानमा रहेकी जर्मन खेलाडी स्टेफी ग्राफको कीर्तिमान बराबरी गर्नेछिन् ।
 
तर यसका लागि सेरेनाले फाइनलमा जर्मनीकै एन्जेलिक केर्बरलाई हराउनुपर्नेछ ।
 
सेमिफाइनलमा सेरेनाकी दिदी भेनस विलियम्सलाई ६–४ र ६–४ ले हराउँदै केर्बरले फाइनलमा ठाँउ बनाएकी हुन् । केर्बर सन् १९९६ पछि विम्बल्डन टेसिनको उपाधि जित्ने पहिलो जर्मन खेलाडी बन्ने होडमा छिन् । 
 
महिला डबल्समा भने सेरेना–भेनसको जोडी सेमिफाइनलमा पुगेको छ ।
 
पुरुषतर्फ आज सेमिफाइनलका खेल हुँदैछन् । विश्व नम्बर दुई बेलायती खेलाडी एन्डी मरेले चेक गणतन्त्रका टमस बर्डिजसंग खेल्दैछन् ।
 
त्यस्तै विश्व नम्बर तीन स्वीट्जरल्याण्डका रोजर फेडेररले क्यानडाका मिलोस राओनिकसंग खेल्नेछन् । फेडेरर १८ औं ग्राण्डस्लामको खोजीमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ