arrow

सर्वोच्चको फैसलापछि कमल थापा भन्छन् : देश अस्थिरतामा फस्ने खतरा बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
kamal-thapa-new.jpeg

काठमाडौं । सर्वोच्च अदालतले दोस्रो पटक संसद पुनःस्थापना गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अस्थिरतामा फस्ने संकेत गरेका छन् ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि थापाको प्रतिक्रिया आएको हो ।

उनले सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै अदालतको फैसलालाई राजनीतिक फैसला भन्दै कार्यान्वनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा भएको प्रतिक्रिया दिएका हुन् ।

उनले लेखेका छन्, ‘बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं । “सर्वोच्च अदालतमा आज गोरू व्यायो” । राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ