arrow

सर्वोच्चको फैसलाप्रति मुख्यमन्त्री पोखरेलको आपत्ति:‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
shankar-pokharel.jpg

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता शंकर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको प्रतिक्रिया दिएका छन् ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि पोखरेलले फैसलाले राजनीतिक अस्थिरतमा प्रश्रय पाएको पनि बताए ।

उनले सामाजिक संजालमा प्रतिक्रिया लेख्दै, ‘सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र व्यहोर्नुपर्ने अवस्था आउने पनि बताए ।

उनले लेखेका छन्, ‘यो निर्णयले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको छ ।  राजनीतिक अस्थिरतमा प्रश्रय पायो । सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र व्यहोर्नुपर्ने अवस्था आउनेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ