arrow

जोखिम मोलेर पढ्न जाँदै विद्यार्थी

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
dadeldhura-district-headquarter-in-far-west-nepal-5.jpg.jpeg
डडेल्धुरा । गाँखेत गाविस–९ जैसिना खोलामा पुल नहुँदा भुवनेश्वरी मावि हर्तोलामा पढ्ने विद्यार्थी जोखिम मोलेर आउने गरेका छन् । लगातारको वर्षाले खोलामा पानी बढेपछि जीर्ण बनेको काठको पुलबाट विद्यार्थी ओहोरदोहोर गर्ने गरेको अविभावकहरु बताउँछन् । 
 
जैसिना गाउँबाट भुवनेश्वरी विद्यालय आउँदा जैसिना खोलामा जीर्ण अवस्थामा रहेको पुलबाट कक्षा ३ देखि १० सम्म अध्ययन गर्ने ५० विद्यार्थी दैनिक वारपार गर्ने गरेको स्थानीयवासी लालबहादुर खड्काले बताए ।
 
विद्यार्थी मात्रै नभएर करिब ४० परिवार रहेका जैसिना गाउँका सर्वसाधारणसमेत सोही पुलबाट वारिपारि गर्ने गरेको जैसिनाका रामसिंह कडालले जानकारी गराउनुभयो । जैसिनाखोलामा रहेको पुलको काठ एकातिरको सडिसकेको छ भने एउटा बल्ली पनि कुहिएर भाँचिएको छ । 
 
करिब १२ मिटर चौडा जैसिना खोलामा धेरै पटक आग्रह गर्दासमेत कसैले पुल निर्माणमा ध्यान नदिँदा बालबालिकालगायत आफूहरुले समेत सास्ती भोग्नु परेको जैसिनाका जनसेवा सामुदायिक संस्थाका अध्यक्ष राम कडालले बताए । विद्यालय जाँदा र फर्कंदा पुलबाट डरैडरले तर्ने गरेको भुवनेश्वरी माविमा अध्ययन गर्ने विनिता कडालले बताइन् ।  
 
कुनै दिन विद्यालयबाट अगाडि एक्लै आएपनि पुल छेउमा पुग्दा खोला तर्न र पुलबाट जान पनि झसङ्ग हुने गरेको कक्षा ५ की छात्रा सरिता कडालको भनाइ छ । 
 
गाँखेत गाविसको जैसिनाका सर्वसाधारण खेतबारी, घाँसदाउरासमेत तीन दशकभन्दा पहिला निर्माण गरिएको सोही काठको जीर्ण पुल भएर खोला तर्ने गरेका छन् ।
 
 यसरी खोलामा बाढी आएको बेला र अन्य बेलामा पनि दैनिक मानिस जोखिमका साथ खोला तर्ने गर्दा ठूलो दुर्घटना हुन सक्ने सर्वसाधारण बताउँछन् । 
 
पुल निर्माण गर्ने धेरै निकाय भएपनि गाँखेतको जैसिनाखोलामा सरोकारवाला कसैको ध्यान पुग्न नसकेको जैसिनावासीको गुनासो रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ