arrow
ADVERTISEMENT

बग्दादमा भएको आत्मघाती विष्फोटमा कम्तीमा ३० जनाको मृत्यु, ६० बढी घाइते

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
bag.JPG.jpeg
बग्दाद । इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तिमा ३० जनाको मृत्यु भएको छ । सो आत्मघाती विष्फोटको जिम्मा आतंककारी समूह इस्टालिम स्टेट आइएसले लिएको बीबीसीले जनाएको छ । 
 
मृतकको संख्या भने अझ बढी रहेको बताइएको छ । इराकी सुुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्स समाचार एजेन्सीले विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ ।
 
मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला भएकाहरु माझ आत्मघाती बम विस्फोट र गोली प्रहार गराइएको हो । 
 
बलाद शहरमा रहेको मस्जिदमा आत्मघातीले बम विस्फोट गराएलगत्तै गोली चलेको अधिकारीहरुले बताएका छन् ।
गत आइतबारमात्र बग्दादमा भएको शक्तिशाली आत्मघाती विष्फोटमा मृत्यु हुनेको संख्या २९२ पुगिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ