arrow

प्रमुख निर्वाचन आयुक्तका लागि आज संसदीय सुनुवाइ

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
elect.jpg.jpeg
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायधीश र प्रमुख निर्वाचन आयुक्तको सुनुवाइ आजदेखि थाल्दैछ । आज प्रस्तावित प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको सुनुवाइ हुँदैछ । 
 
त्यस्तै प्रस्तावित प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाइ आगामी आइतबार हुनेछ । 
 
यादवको सिफारिस विरुद्ध दुई वटा उजुरी प्राप्त भए पनि उजुरकर्ता सम्पर्कमा नआएका कारण समितिले छलफलमा नबोलाउने निर्णय गरेको छ । उजुरकर्ता दुवैले आफ्नो सम्पर्क नम्बर र ठेगाना विवरण समितिमा पेश गरेको उजुरीमा उल्लेख गरेका छैनन् । 
 
यादवविरुद्ध यसअघि पनि निर्वाचन आयोगका आयुक्त भइसकेकाले अब मधेसी समुदायको कोटामा अन्य व्यक्तिले मौका पाउनु पर्ने उजुरकर्ताको जिकिर छ । 
 
यस्तै अर्का उजुरकर्ताले यादवको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण मुद्दाको छिनोफानो भएपछिमात्र नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्ने माग छ । 
 
त्यस्तै प्रस्तावित प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्द छ वटा उजुरी परेका छन् । कार्कीविरुद्ध उजुरी गर्नेलाई समितिले आइतबार बिहानको पहिलो बैठकमा छलफलका लागि बोलाएको छ । 
 
प्रस्तावित न्यायाधीश र राजदूतहरुको सुनुवाइ भने सिफारिस क्रमअनुसार अगाडि बढाइने संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ