arrow

डा कोइरालाको सिटिस्क्यान गरियो, ‘बिहान चिया र जुस खानुभयो’ –डा. जोशी

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
sasanka.jpeg.jpeg
काठमाडौं । ‘नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाको स्वास्थ्य अवस्था अवस्था सामान्य बन्दै गएको छ । शरीरका सबै अंगले काम गर्न थालिसकेका छन् । आइसीयुमा रहेका कोइरालाको बिहान सिटिस्क्यान पनि गरिएको छ । यसको रिपोर्ट आउन भने केही समय लाग्नेछ । डा. लवनरसिंह जोशीले ‘हामीले सिटिस्क्यान सबै हेरिसकेका छैनौं, सबै डाक्टरहरु आइसकेपछि हेरेर छलफल गर्छौं । त्यसपछिमात्र बाहिर ल्याउँछौं’ भने । 
 
डा. जोशीले कोइरालालाई बिहान चिया र जुस खान दिएको पनि बताए । उनले वेबसाइटमार्फत डा. कोइरालाको फोटोसमेत सार्वजनिक गर्ने हाम्राकुरालाई जानकारी दिए । 
 
सिटिस्क्यान गरिनु भनेको आइसीयुबाट निकालेर बाहिर लैजानु हो । यसले भने डा.कोइराला खतरामुक्त भएको स्पष्ट पार्छ । 
 
गत मंगलबार साँझ सामान्य पेट दुखाइमा ओम अस्पतालमा भर्ना भएका डा।कोइराला सोही राति कतिबेला बेहोस् भए पत्तो छैन । बुधबार बिहानमात्र उनलाई बेहोसीमै भेन्टिलेटरमा राखियो । बुधबार साँझ उनले बल्ल आँखा खोले । बिहीबार बिहान धेरै ठीक भइसकेको थियो । बिहीबार साँझदेखि भेन्टिलेटर हटाइयो । बिहीबार राति त डा। कोइराला घर नै जान खोजे । 
 
यसअघि बिहीबार साँझ अस्पताल पुगेका पार्टी सभापति शेरबहादुर देउवालाई डा। कोइरालाले आइसीयुमै जय नेपाल फर्काएका थिए । साँझ ७ बजेपछि अस्पताल पुगेका सभापति देउवाले आइसीयुमा भेटेर बाहिर आएपछि सभेच्चुकसंग कुरा गर्दै आफुले कस्तो छ भनेर सोध्दा ‘दुई हात जोडेर’ जय नेपाल फर्काएको सुनाए । 
 
डा। कोइरालाको मुखमा अक्सिजन माक्स भएकाले प्रतिक्रिया दिन सकेनन् । तर दुई हात जोडेर जय नेपाल फर्काएको देउवाले हाम्राकुरालाई–भने ।
 
त्यस्तो अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पनि राति भेट्न गएका थिए । उनीसंग डा. कोइरालाले ‘ठीकै छु’ भनेर जनाएको स्रोतले बताएको छ ।  
 
कोइरालालाई अब भेन्टिलेशनमा फर्काउनुपर्ने अवस्था नआउने चिकित्सकहरुको विश्वास छ । चिकित्सकहरुले मेसिनको जरुरत छैन भनेपनि कोइरालाको अक्सिजन माक्स हटाइएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ