arrow
ADVERTISEMENT

अमेरिकाको डालसमा प्रदर्शनबीचबाट प्रहरीलाई गोली प्रहार, ५ प्रहरी अधिकारीको मृत्यु

६ जना घाइते

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
news-dalas.jpg.jpeg
एजेन्सी । अमेरिकाको डालसमा प्रदर्शनबीच एका एक गोली चल्दा ५ प्रहरी अधिकारीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीले दुई अश्वेत व्यक्तिलाई गोली प्रहार गरेको घटनापछि अमेरिकी अश्वेत समुदाय आक्रोशित छ । सोही रोषका क्रममा विरोध कार्यक्रम भइरहेको थियो । एक्कासी गोलाबारी भएपछि त्यहाँ रहेका स्थानीयको भागदौड मच्चियो । 
 
डालस प्रहरी प्रमुख डेभिड ब्राउनले गएको साता अश्वेत नागरिकलाई प्रहरीले गोली दागेको विरोधमा भएको प्रदर्शनका क्रममा कसैले प्रहरीलाई निशाना बनाई  गोली चलाएको बाएका छन् । उनले भनेका छन्, ‘गोली चलाउने व्यत्तिः संदिग्द हुन् । हमला प्रदर्शनबीचबाट राइफल प्रयोग गरेर भएको छ ।’  गोली लागेका मध्ये ३ प्रहरी अधिकारीको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा निधन भएको हो ।
 
तनाव अझै जारी छ । प्रहरीले गोली प्रहार गरेको शंकामा एक जनालाई पक्राउ गरेको छ र उनीसँग विस्फोटक पदार्थ भए नभएको अनुसन्धान भइरहेको छ ।  यसै साता अमेरिका प्रहरीले चलाएको गोली लागेर दुई अश्वेत व्यक्तिको मृत्यु भएपछि रंग भेद गरी प्रहरीले कालाहरुमाथि गोली चलाएको भन्दै प्रदर्शन भइरहेका छन् ।
 
गएको मंगलबार लुजियानामा प्रहरीको गोली लागी  ३७ वर्षिय  एण्डिल स्टर्लिङको मृत्यु भएको थियो भने  बुधबार  प्रहरीको गोली लागेर ३२ वर्षीय फिलान्डो क्यास्टाइलको मृत्यु भएको हो ।  फिनाल्डोकी केटी साथीले उनलाई प्रहरीले गोली हानेको भिडियो खिचेकी थिइन् । जो भिडियो सामाजिक संजाल र इन्टरनेटमा भाइरल नै बनेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ