arrow

प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषद् बैठक विषयमा प्रवेश गरेन

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
Baluwatar.jpg.jpeg
काठमाडौँ । मन्त्रिपरिषद् बैठक विषय  वस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो । 
 
व्यवस्थापिका संसद्मा विनियोजन विधेयकअन्तर्गत मन्त्रीहरुले विभिन्न शीर्षकमाथि सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकाले बैठक विषय सुचीमा प्रवेश गर्न नसकेको बताइएको छ । यस्तै,मुख्यत: प्रधानमन्त्री केपी शर्मा ओली समेत काभ्रेको धुलिखेल जानुपर्ने कार्यक्रमका कारण बैठक स्थगित भएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए । 
 
संसद बैठक ११ बजे बोलाइएकाले मन्त्रीहरुलाई निर्धारित समयमा जवाफका लागि पूर्ण तयारी साथ जानु पर्ने बाध्यता परेपछि बैठक अघि बढ्न सकेन । प्रधानमन्त्री ओली सरकारका सचिवहरुको धुलिखेलमा तय भएको कार्यक्रममा भाग लिन धुलिखेल गएका छन् । बैठक आइतबार बस्ने संचारमन्त्री राईले बताउनु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ